फिल्ममा राजनको रौद्र रूप
काठमाडौं : नेपाली सिने क्षेत्रमा पृथक् पहिचान बनाएका सिन्धुुली शीतलपाटीका राजन हायुुराई पर्दामा जति क्रूर देखिन्छन्, वास्तविक जीवनमा त्यसको ठीक विपरीत छन्। कुुनै पनि भूमिकालाई सहज रूपमा निर्वाह गर्ने राजन यो क्षेत्रको विकास गर्न सबैले सकारात्मक सोच राख्नुुपर्ने धारणा राख्छन्।
कोरोना कहरका कारण चलचित्रको छायांकन लगायतका काम ठप्प भएपछि चिन्तामा रहेका उनले अहिलेसम्म ‘तिर्खा’, ‘लक’, ‘ब्रह्मा’, ‘तनाव’, ‘झोले’, ‘जय पर्शुुराम’, ‘खतरनाक’, ‘बीच बाटो’, ‘धनवान्’ लगायतका चलचित्रमा चरित्र अभिनेताका रूपमा काम गरेका छन्।
नेपाली सिने क्षेत्रमा खुुंखार खलपात्रका रूपमा आफूलाई स्थापित गराउने सपना बोकेर यस क्षेत्रमा लागेका राजन पुुराना खलपात्रलाई विस्थापित गर्दै अघि बढेका छन्। राजन अभिनीत चलचित्र व्यावसायिक रूपले सफल छन्।