विष हालेर ट्रम्पलाई चिठी पठाउने महिलालाई हिरासतमा राख्न आदेश
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई विषादीसहितको चिठी पठाउने क्यानेडियन महिलालाई हिरासतमा राख्न अदालतले आदेश दिएको छ । साथै उनलाई वासिङटनमा सारिएको छ ।
संघीय न्यायाधीश एच केनेथ स्क्र्युडर जुनियरले सोमबार पास्केल सेसिल भेरोनिक फेरिर नामकी महिलालाई हिरासतमा राख्न आदेश दिएका हुन् । ५३ वर्षीया पास्केल क्यानडाको क्युबेक प्रान्तकी स्थायी बासिन्दा हुन् । यस महिनाको सुरुमा अमेरिका छिर्ने क्रममा पास्केलको साथमा ३ सय राउन्ड गोलाबारुद रहेको पनि बुझिएको छ ।
सेप्टेम्बर १८ मा ट्रम्पलाई सम्बोधन गरिएका केही पत्र आएका थिए । जुन पत्रहरुभित्र विषाक्त चिज राखिएको पाइएपछि हुलाक सेवाले शंकास्पद भनी कारवाही प्रक्रिया अघि बढाइएको हो ।
‘दुर्भाग्यवश यो देशसँग अमेरिकी राष्ट्रपतिका हत्या र प्रत्यक्षदर्शीको हत्या प्रयास भएको इतिहास छ । अब्राहम लिंकन र विलियम म्याककिन्लेदेखि रोनल्ड रेगनको हत्या प्रयास भयो । अहिले डोनल्ड ट्रम्पविरुद्ध थुप्रै धम्की आएका छन्,’ न्यायाधीशले भने ।