निर्देशक बनिन् श्रेया
काठमाडौं : नायिका श्रेया दुलाल अब निर्देशक बनेकी छन्।
गायिका मनीषा पोखरेलको आवाजमा रहेको ‘जुनी जुनी’ गीतको भिडियो उनले निर्देशन गरेकी हुन्। मायामा हुने अविश्वासबाट उत्पन्न हुने समस्या गीतमा देखाइएको छ। गीतमा डीबी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज छ। भिडियोमा मिलन शंकरको छायाँकन, अर्जुन पोखरेलको सम्पादन छ।
गीतको भिडियोमा सरिश्मा मगर, दीपक घिमिरे, सुष्मा धमलाको अभिनय छ।