दुर्घटनाबापतको १० लाख बीमा रकम भुक्तानी

दुर्घटनाबापतको १० लाख बीमा रकम भुक्तानी

परासी : दुर्घटनाबाट मृत्यु भएका पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माका परिवारलाई एनआइसी एसिया बैंकले बीमा बापतको १० लाख रुपैयाँ प्रदान गरेको छ । 

बैंकले ग्राहकका लागि ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ अन्तरगत स्व. शर्माले ५० हजार बराबरको खाता खोलेका थिए । खाता खोलेपछि पाइने दुर्घटना बापतको उक्त बीमा रकम बुटवल उपप्रादेशिक प्रमुख राजन प्रसाद पोखरेलले शर्माकी श्रीमती सुनितादेवी शर्मालाई प्रदान गरेका हुन् ।

उक्त बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचार र दुर्घटनाबाट घाइते वा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ प्रदान गर्दै आएको बर्दघाट शाखाका प्रमुख तीलक खनालले बताए ।

खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै बैंकले अहिलेसम्म देशभर २ सय ४६ जनालाई बीमा बापतको १ करोड ९४ लाख रुपैयाँ प्रदान गरिसकेको जनाएको छ । बैंकले देशभर ३ सय ३६ शाखा कार्यालय, ४ सय ६८ एटिएम, १ सय ३ एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.