पेशा राजनीति, रोल नम्बर ३८

पेशा राजनीति, रोल नम्बर ३८

दाङ : कक्षा ३ । रोल नम्बर ३८ । उमेर ५५ वर्ष । नाम यमी पुन । ठेगाना घोराही उपमहानगरपालिका २ कालिमाटी । हालको जिम्मेवारी वडा नं २ को सदस्य । विद्यालयको नाम गंगा मावि रामपुर । यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर गंगामावि रामपुरको कक्षा ३ मा भर्ना भएकी जनप्रतितिनिधिको परिचय हो यो । उनी आजभोली आफ्नो परिचय यसरी नै दिने गछिन् । 

२०७४ सालमा स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिका २ मा वडा सदस्यमा निर्वाचित हुन् यमी पुन । जनप्रतिनिधिमा निर्वाचित भएपछि बैठकमा सहभागी हुनुपर्ने, उपस्थितिमा हस्ताक्षर गर्नुपर्ने, वितरण गरेका लेख्य सामग्री पढ्नुपर्ने र अध्ययन गरेर आफ्नो धारणा राख्नुपर्ने जिम्मेवारी आयो । यमिलाई यो काममा  असहज हुन थाल्यो । अनि उनलाई पढने सोच आयो। तर पूरा हुन भने वर्षौं लाग्यो । त्यही अप्ठ्यरोबाट छुटकरा पाउन यही शैक्षिक सत्रमा विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना भइन् । 

विद्यालयको कक्षा कोठमा प्रवेश नगरेकी मलाई लेखाइ र पढाइ प्राणाजस्तै प्यारो लाग्यो, उनी भन्छन, 'घरमै घाँस दाउरा गर्दा पढाइ आवश्यक  देखिएन तर जनप्रतिनिधि भएपछि यसको महत्व र आवश्यकता बुझे । ' उनले भनिन्,'पढाइ अनिवार्य रैछ भन्नेर आँखा चिम्लेर भएपनि विद्यालय छिरेको छु ।'

५५ वर्षको उमेरमा पुनले २०७७ साल असोज ११ गते गंगा माविको कक्षा तीनमा भर्ना भएर पढन थालिन । 'धेरै आश गरेको छैन मात्रै लेख्न र अक्षर चिन्न पाए  हुन्थ्यो,' उनी भन्छिन्, 'समय परिस्थितिले पढाइको महत्व बुझायो,’ घरमा घाँस दाउरा प्यारो थियो, बाहिर आउँदा पढाइ प्यारो लाग्यो।'

वडा सदस्य पुनसँगै निर्वाचित वडा सदस्य हिमा विक पनि पहिलो पटक विद्यालयको पढाइका लागि कक्षा कोठा प्रवेश गरेकी छिन् । रामपुर निवासी हिमाले ४७ वर्षीया उमेरमा पहिलो पटक किताब बोकेर विद्यालय पुगेको बताइन् । 

३९ रोल नम्बर भएकी हिमा भन्छिन्, 'स्थानीय सरकारको प्रतिनिधि भएँ तर कहाँ कति बजेट परेको छ पढ्न र भन्न नसक्ने भएपछि पढाइको महत्व बुँझे । सरकारको प्रतिनिधि अक्षर पनि नचिन्ने र लेख्न पनि नसक्ने भएपछि अब बदनाम कमाउनुभन्दा अक्षर चिन्नु पर्‍यो भनेर विद्यालयमा पढन थालेको छु । हिमासँगै एउटै विद्यालयमा उनका छोरा कक्षा १२ मा र बुहारी ९ कक्षामा पढ्छन् ।

साना नातिनातिना उमेरका बच्चासँग पढ्न पर्दा मनमा अप्ठेरो त लाग्यो तर शिक्षा अनिवार्य मानेर बच्चासँगै बस्छु । उमेर ढल्किँदै जाँदा पढाइको महत्व बुझेका छौं र हामी विद्यालय गएको देखेपछि अरुका लागि पनि हामी शिक्षा हो भन्ने लागेको छ । उनीहरु भन्छन्, 'हामी विद्यालय भर्ना भएपछि अरुमा पनि पढाइको महत्वको सन्देश गएको छ ।'

परीक्षा लिएर कक्षा निर्धारण 

विद्यालयका सहायक प्रधानाध्यापक श्रीमण न्यौपानेले जनप्रतिनिधिको कक्षा भर्नाले राम्रो सन्देश दिएको बताए । 'विद्यालयको स्तर निर्धारण समितिले उनीहरुको परीक्षा लिएर कक्षा निर्धारण गरेका छौं,'उनले भने, 'निकै उत्साहित हुनुहुन्छ ।'

पढ्नुपर्छ भन्ने सन्देश गयो भने अर्कोतर्फ बीचमै विद्यालय छोड्ने बालबालिका र उनका अभिभावकलाई समेत जनप्रतिनिधिको विद्यालय भर्नाले रोक्ने अपेक्षा गरेका छौं । जनप्रतिनिधिसँग पढ्न बसेका बालबालिका पनि उत्साहित भएको न्यौपानेले बताए । बेलैमा पढ्नु पर्दथ्यो तर त्यसो भएन अहिले आवश्यकता बोध भएपछि पढ्न थाल्नु भएको छ यो राम्रो पक्ष हो, वडा अध्यक्ष केशवराज आचार्यले भने, ' सन्देश पनि राम्रो गएको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.