दार्चुलामा थप १५ जनामा कोरोना पुष्टि

दार्चुलामा थप १५ जनामा कोरोना पुष्टि

दार्चुला : दार्चुलामा थप तीन जना महिला सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका दुई स्थानीय तहका तीन जना महिला सहित १५ जनामा कोरोना सक्रमण पुष्टि भएको  जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बताए ।

उनका अनुसार जिल्लाको महाकाली नगरपालिकाका तीन महिला तथा ११ पुरुषहरुमा कोरोना सक्रमण पुष्टि भएको छ भने जिल्लाको लेकम गाउँपालिकाका एक पुरुष गरी बिहीबार जिल्लाका दुई स्थानीय तहका तीन महिला सहित १५ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

जिल्लाको महाकाली नगरपालिकाका ३७ वर्षीय, ७ वर्षीय र २७  वर्षीय महिलामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै महाकाली नगरपालिकाका वर्ष २०, ३८, ४०, २१, २५, १६, ५० र ४० वर्षका पुरुषमा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ  ।

यस्तै जिल्लाको लेकम गाउँपालिका २० वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको छ । यससँगै दार्चुला जिल्लामा कोरोना सक्रमितको संख्या ९९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनायो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.