मागका आधारमा तरकारीको बीउ वितरण

मागका आधारमा तरकारीको बीउ वितरण

सन्धिखर्क : सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको वीउ वितरण गर्न सुरु गरेको छ । कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, फूल काउली, ब्रो काउली, प्याज र केराउको वीउ वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए । 

कृषकलाई वीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि नहुने भएकाले तरकारीको वीउ वितरण गरेको बताए । उनले उत्पादन गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने बताए । 

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले कषि पेशालाई निर्वाहमुखीबाट व्यवसायिक बनाउन सबैलाई आग्रह गरे । कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.