प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी प्रस्ताव

प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी प्रस्ताव

बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने प्रस्ताव सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेका हुन् ।

यसअघि प्रदेश मन्त्रीपरिषद् बैठकले दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर राजधानी बनाउने निर्णय गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले कार्यव्यवस्था समितिले तय गरेको कार्यसूचि हटाएर आफै तयार गरेको कार्यसूचि अनुसार प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

प्रस्ताव पेश भएलगत्तै कांग्रेसका केही सांसदहरुले उठेर असहमति जनाए । उनीहरुले यसअघि बनेको राजधानी र नामाकरण सुझाव विशेष समितिको प्रतिवेदन लत्याएर सरकारले प्रस्ताव पेश गरेको बताए । 

राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव माथिको छलफल असोज १९ गतेबाट हुने गरी बैठक स्थगित गरिएको छ । राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो ।

नेकपा संसदीय दलले शनिबार विहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ । शीर्षतहमा निर्णय भइसकेकाले प्रदेश संसदीय दलले पनि प्रस्ताव पारित गर्न लागेको दलका सचिव भोजप्रसाद श्रेष्ठले बताए ।

राजधानी र नामाकरणका लागि दुईतिहाई मत चाहिन्छ । सो मत पुरा हुने देखिएको छ । विपक्षी दलले भने यस बारेमा केही बोलेको छैन। राजधानीका विषयमा सांसदहरु विभाजित थिए । शीर्ष तहमा निर्णय भएपछि भने सांसदहरु चुपचाप देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.