अर्घाखाँचीका सीडीओसहित सात जनामा कोरोना
अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारीसहित ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
सीडीओ विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ्य कार्यलयका सूचना अधिकारी विजय बराललाई कोरोना देखिएको हो । उनीहरुसहित एकजना सुरक्षकर्मी र एकजना स्वास्थ्यकर्मी गरेर ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।
असोज ६ गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा भएको विपद व्यवस्थापन उद्वार राहत र पुनस्थापनामा खटिएकै अवस्थामा स्वास्थमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारी लगायत १० जनाको स्वाब संकलन गरेर गुल्मी प्रयोगशालामा पठाइएको थियो । दश जनाको स्वाब पठाइएकोमा ७ जनामा कोरोना देखिएको जिल्ला अस्पताल अर्घाखाँचीका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट हुने अत्यावस्यक काम नियमित रुपमा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । साथै स्वास्थ सुरक्षाका मापदण्ड अपनाएर काम गर्न उनले सबैलाई अपील गरेका छन् ।