अझै सुरु भएनन् रोकिएका पुल निर्माण

अझै सुरु भएनन् रोकिएका पुल निर्माण

इटहरी/झापा : तीन वर्षअघि झापाको अर्जुनधारा र वुद्धशान्ती जोड्ने बिरिङ्ग खोलामा पक्की पुलको शिलान्यास हुँदा स्थानीयहरु निकै खुशी थिए। तर स्थानीय कृषि र व्यापारको सेतु बन्ने अनुमान गरिएको पुलको काम हालसम्म अघि बढ्न सकेको छैन्।

प्रधानमन्त्रीले नै शिलान्यास गरेको हुँदा उत्साहित स्थानीय दिपिन राई ३ वर्षसम्म कसैको उपस्थिति नहुँदा निराश छन्। जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलकाअनुसार ६ महिना लगाएर डिजाईन गरिएको पुलको प्रगतिबारे जानकारी छैन। पुर्वी नेपालका धेरै पुलहरुको निर्माण सन्तोषजनक छैन्। अहिलेसम्म काम नै सकिनुपर्ने कति पुलको निर्माण सुरु नै भएको छैन भने कति पुलको निर्माण अवरुद्ध छ।

अहिले कोरोना महामारी र त्यसले सिर्जित लकडाउनको कारण ठेकेदारले अर्को बहाना पाएका छन्। बजार तथा यातायात सहज भएपनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन्। लकडाउनअघि काम भइरहेका पुलहरु पनि कामदार तथा सामाग्री अभावका कारण निर्माण अवरुद्ध छ। पुल आयोजना कार्यालय इटहरीले हेर्ने २४ वटा ठूला पुल निर्माणको काम चैतदेखि ठप्प भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख कैलाशप्रसाद देवकाअनुसार आयोजनाका कामहरु रोकिँदा २५–३० प्रतिशतले समय लम्बिएको छ। लकडाउन खुलेपनि सामाग्री तथा कामदारहरुको आपूर्ती हुन नसक्दा पुल निर्माण तत्काल सुरु गर्न नसकिएको हो।

‘धेरैजसो प्राविधिकहरु भारतीय छन्, कोरोनाका कारण कामदार ल्याउन र पठाउन गाह्रो छ,’ पुल निर्माणको काम रोकिएपछि फेरी सुरु गर्न समय लाग्ने बताउँदै उनले भने, ‘निर्माण सामाग्री, मेसिन उपकरणको कारण पनि आयोजनाका कामहरुमा ठूलो असर पुगेको छ।’ 
उनकाअनुसार लकडाउनका कारण घर गएका भारतीय कामदारहरु आइसकेका छैनन्। धेरैजसो प्राविधिकहरु भारतीय भएकोले उनीहरुको अनुपस्थितीमा असोजदेखि सुरु गर्ने योजना रहेका पुलको काम सुरु हुन नसकेको हो।

ठूला आयोजनाहरुको लागि आवश्यक कच्चा पदार्थको पनि अभाव छ। सामान विदेशबाट मगाउँदा आउनकै लागि ६ महिना लाग्ने बताउँदै देव भन्छन्, ‘लकडाउन सुरु हुनुभन्दा तीन महिनाअघि अर्डर गरेका सामानहरु १० महिनासम्म पनि आउन सकेको छैन।’ पहाडी जिल्लामा बाटोको पनि समस्या देखिएको छ। बाटो र पुल सँगै बनिरहेका ठाउँमा पुलको लागि सामाग्री लान समस्या छ।

धनकुटाको मुगाबाट १२ किलोमिटर तल सुनवालुवा भन्ने ठाउँमा अरुण खोलामा निर्माणाधिन पुलसम्म पुग्ने बाटोहरु ठाउँ ठाउँमा निर्माणाधिन छ। सडक डिभिजन कार्यालय धनकुटाले ठेक्का लगाएको छ। तर मोटरसाइकलसमेत लान नसक्ने अवस्थामा बाटो बनिरहेको छ। ‘सडककै कारणले पनि पुल निर्माण प्रभावित बनेको छ,’ देवले भने। सार्वजनिक खरीद ऐनअनुसार बनेको नियमावलीको नवौं संशोधनले दिएको म्यादअनुसार २०७७ माघ महिनासम्ममा पुराना आयोजनाको निर्माण सक्नुपर्ने भएपनि कोरोनाको बहाना बनाउँदै फेरी पनि समय लम्बाउने सम्भावना छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.