बेलायतले ३ महिनाभित्रै कोरोनाको खोप बनाइसक्ने
लण्डन : बेलायतमा कोभिड १९ को खोप अबको तीन महिनाभित्रै सम्पन्न भइसक्ने बताइएको छ । टाइम्सले यहाँका सरकारी वैज्ञानिकलाई उद्धृत गर्दै यस्तो जनाएको हो ।
अक्सफोर्डको खोप विकासमा काम गरिरहेका वैज्ञानिकहरुले यो २०२१ को सुरुवातअघि नै आइसक्ने आशा गरेका छन् । साथै बालबालिका वाहेकको कोभिड १९ को कार्यक्रम विशेषज्ञहरुले अपेक्षा गरेभन्दा पनि छिट्टो सम्पन्न हुनसक्ने बताइएको छ । जस अनुरुप उक्त खोपको डोज ६ महिनाभित्रै वयष्कहरुले लिन सक्ने स्वास्थ्य अधिकारीहरुको आंकलन छ ।
अक्सफोर्डले विकास गरिरहेको खोप अन्तिम चरणको परीक्षणको क्रममा सहभागी बिरामी भएपछि केही दिनका लागि स्थगित भइ फेरि सुचारु भएको हो । पछिल्लो समय उक्त खोप विकासको काम तीव्र रुपमा अघि बढेको बताइन्छ ।