चीनसँग विवादका बीच भारतको शक्तिशाली मिसाइल परीक्षण

चीनसँग विवादका बीच भारतको शक्तिशाली मिसाइल परीक्षण

नयाँदिल्ली : चीनसँग सीमा विवाद जारी रहँदा भारतले शनिबार ब्यालेस्टिक मिसाइल 'सौर्य'को नयाँ संस्करण सफल परीक्षण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार यो नयाँ मिसाइल करिब एक हजार किलोमीटर टाढासम्म निशाना लगाउन सक्छ । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार सौर्य जमिनदेखि जमिनसम्म हमला गर्न सकिने मिसाइल हो ।

यस्तै सुरक्षा अधिकारीहरुले सौर्य मिसाइललाई विश्वकै सबैभन्दा शक्तिशाली १० वटा मिसाइलहरुमध्ये एक मानेका छन् । साथै सौर्य मिसाइललाई अति तीव्र गतिमा चल्नसक्ने मिसाइल पनि मानिन्छ । जुन स्याटलाइट इमेजिङको माध्यमबाट पनि यसलाई भेट्न नसकिने बताइन्छ ।

भारतले यो मिसाइल चीनसँग लद्दाखमा सीमा विवाद भइरहेका बेला परीक्षण गरेको हो । यसर्थ पनि भारतको यस्तो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जब कि चीनसँग सीमा विवाद समाधानका लागि पटक पटक वार्ता प्रयास भए पनि सफल हुन सकिरहेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.