भीरबाट लडेर बालिकाको मृत्यु
डोल्पा : भीरबाट लडेर ८ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको ठुलीभेरी नगरपालिका ७ की ८ वर्षीय जेनिशा बिकको भीरबाट लडेर ज्यान गएको हो । बिहान करिब ९ बजेतिर आमासँगै दाउरा काट्न बन गएकी जेनिशा दार बिसाउने डाँडामा आमाको पछिपछि दौडिदै गर्दा भीरबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
डीएसपी पाण्डेका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएकी जेनिशाको प्रहरीले घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको बताए । कोरोनाको कारण विद्यालय खुलेका छैनन।बालिबालिका अभिभावकसँग बन गोठालो,दाउरा घाँस गर्न जाने गरेका छन्।
जिल्ला अस्पतालमा पोष्ट मार्टम गरी शव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ।