नवाज सरिफ र मोदीले नेपालमा गोप्य रुपमा भेटेको पाकिस्तानी अधिकारीको दावी

नवाज सरिफ र मोदीले नेपालमा गोप्य रुपमा भेटेको पाकिस्तानी अधिकारीको दावी

नयाँदिल्ली : पाकिस्तानका विशेष सल्लाहकार शाहबाज गिलले पूर्वपाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालमा गोप्य रुपमा भेट गरेको दावी गरेका छन् ।

सरिफले आफू प्रधानमन्त्री भएका बेला मोदीलाई काठमाडौँमा भेट गरेको बारे विदेश मन्त्रालयलाई जानकारी नदिएको पनि गिलले आरोप लगाएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरिफलाई भारतसँग मिलेर पाकिस्तानी सेनालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाएको एक दिनपछि नै उनका सल्लाहकार शाहबाजले यस्तो दावी गरेका हुन् । साथै सरिफको भारतीयहरुसँग व्यापारिक सम्बन्ध रहेको पनि गिलको दावी थियो । नवाज पाकिस्तानविरोधी नभए पनि संकिर्ण सोचका व्यापारी भएको गिलको टिप्पणी थियो ।

‘नवाज सर्रिफ पाकिस्तान विरोधी हुन् भनेर भन्न सक्दिन । तर उनी एक संकिर्ण सोचका व्यापारी हुन् । के पाकिस्तानी व्यापारीले भारतीय प्रधानमन्त्रीसँग भेट्छ ?' गिलले भने । यस्तै बेलायतमा रहेका नवाज सरिफविरुद्ध पक्राउ पूर्जी जारी गरेको पाकिस्तानको कदम बेलायतको अस्वीकृतिसँगै निरर्थक बनेको छ । भ्रष्टाचार अभियोगमा १० वर्षको जेलजीवन बिताएका नवाज उपचारका लागि भन्दै यतिबेला बेलायतमा छन् । अदालतले उनलाई दिएको बिदा सकिँदा पनि उनी लण्डनमै बस्दैआएका छन् ।

अघिल्लो महिना मात्रै इमरान खान नेतृत्वको सरकारले सरिफलाई फरार अपराधी करार गरेको थियो । साथै फिर्ता ल्याउन विदेश मन्त्रालय मार्फत पहल गरेको थियो । तर बेलायतले पाकिस्तानको आन्तरिक राजनीतिसँग जोडिएको विषयमा आफूले दख्खल दिन नमिल्ने प्रतिक्रिया दिएपछि पाकिस्तानको पहल निरर्थक बनेको हो ।

पाकिस्तानी अधिकारीका अनुसार नवाजले केही दिनअघिमात्रै लण्डनस्थित एक देशको दूतावासमा सरिफले भारतीयसँग बैठक गरेका थिए । तर कुन देशको दूतावास भनी खुलाइएको छैन ।

७० वर्षीय नवाज सरिफलाई २०१७ मा दोषी ठहर भइ जेल जीवन बिताउन थालेका हुन् । तर गत वर्षको नोभेम्बरमा उनी अदालतको चार हप्ताको बिदा लिएर उपचारका लागि लण्डन पुगेका थिए । तर पछिल्लो समय अदालतले पटक पटक उपस्थित हुने आदेश दिँदा पनि उनी तप उपचारका लागि भन्दै लण्डनमै छन् । साथै नवाजलाई फिर्ता ल्याउन नसकेको भन्दै पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको आलोचना पनि हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.