बंगलादेशसँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा लैजान तयार : चीन

बंगलादेशसँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा लैजान तयार : चीन

बेइजिङ : चिनियाँ राष्ट्रपति सी जिनपिङले बंगलादेशका नेताहरुसँग दुई देशको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन बहुआयामिक अर्बौँ डलरको बेल्ट एन्ड रोड इनिसिएटिभको निर्माणलाई संयुक्त रुपमा प्रोत्साहित गर्न आफू तयार रहेको बताए ।

नेता सीले बंगलादेशसँग द्वीपक्षीय कुटनीतिक सम्बन्धको ४५औँ स्थापना दिवसको अवसरमा आइतबार बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदलाई बधाइ दिने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

सीले आफ्नो सन्देशमा स्थीर र दिर्घकालिन मित्रताको पक्षमा रहेको भन्दै बंगलादेशसँगको रणनीतिक विकासका लागि हमिदसँग अझै काम गर्न तयार रहेको बताएका थिए । चिनियाँ मिडियाले जनाए अनुसार बीआरआई अन्तरगत सहयोग बढाउन र चीन–बंगलादेश रणनीतिक, साझेदारी सहकार्यलाई नयाँ उचाइमा पुर्याउन चीन छ ।

२६ बिलियन अमेरिकी डलर भन्दा धेरै लगानी र ३८ बिलियन डलर अनुदान प्रतिवद्धता ग्रहण गर्ने बंगलादेश चीनबाट विशाल पूर्वाधार परियोजना प्राप्त गर्ने एक प्रमुख देश हो । यस्तै चीनले बंगलादेशी ९७ प्रतिशत निर्यातमा शुन्य सीमा कर सहित खरिद गर्ने प्रतिवद्धता पनि दिएको छ । चीनको वहुआयामिक तथा महत्वाकांक्षी परियोजना मानिएको बीआरआईले एसियादेखि यूरोप र अफ्रिकासम्म सिल्क रोड व्यापारिक मार्ग खुलाउनेछ ।

प्रारम्भिक चरणमा यसलाई ‘वान बेल्ट वान रोड, ओबीओआर’बाट चिनिने यस परियोजना भारतसँग पछिल्लो समय विवादको मुख्य मुद्दा बनेको छ । जब कि, यसको एक करिडोर पाकिस्तान शासित कश्मीर हुँदै जान्छ ।

पाकिस्तान वाहेक चीनले ६० बिलियन डलर भन्दा धेरै रकमको ‘चाइना पाकिस्तान आर्थिक करिडोर’को पहल गरेको छ । यससँगै चीनले बंगलादेश, नेपाल, श्रीलंका र माल्दिभ्समा संरचना निर्माणका लागि विशाल  लगानी गरेको छ । बंगलादेश, नेपाल लगायत देशमा चीनले यसअघि कोरोनाभाइरस नियन्त्रणका लागि पनि स्वास्थ्य टोली पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.