प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन्।  काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। 

मुख्यमन्त्री पोखरेलमाथि लक्षित गरेर ढुंगा प्रहार गरिएको भए पनि मुख्यमन्त्रीलाई नलागेको प्रहरीले बताएको छ ।

प्रहरीले ४ जनालाई घटनास्थलबाट नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकाको नाम खुलाएको छैन  । होटल सिद्धार्थ अगाडि घटना भएको र प्रहरीले होटलका सेफलाई होटलबाट नियन्त्रणमा लिएको हो । 

मुख्यमन्त्रीको गाडीमाथि ढुंगा प्रहार भएपछि प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको  स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

मुख्यमन्त्री पोखरेल चढेको र अगुवा तथा पछुवाको गाडीमा समेत क्षति भएको छ। कांग्रेसका कार्यकर्ताले ढुंगा हानेको बताइएको छ । कांग्रेसले आइतबार प्रदेश राजधानीको विषयमा विवाद भएपछि रूपन्देही बन्द आह्वान गरेको थियोे । 

प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने प्रस्ताव गरेपछि मुख्यमन्त्रीप्रति आक्रोश बढ्दै गएको छ। राजधानी विवादले बुटवलमा आन्दोलन चर्किन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.