किशोरी बलात्कार प्रकरण : पाँचजना पुर्पक्षका लागि कारागार चलान

किशोरी बलात्कार प्रकरण : पाँचजना पुर्पक्षका लागि कारागार चलान

बैतडी : बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका पँचजना आरोपीलाई कारागार चलान गरिएको छ। 

जिल्ला अदालत बैतडीले बलात्कार आरोपी पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका सिगास गाउँपालिका ८ का रामसिंह बोहरा, खडक बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एकजना नाम नखुलाएका व्यक्तिलाई कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। एकजना किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्रहरी श्रोतले जनाएको छ। 

सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको कुरा किशोरीले बच्चा जन्माएपछि बाहिर आएको थियो। विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको कुरा बाहिर आएको हो। 

बलात्कारको घटना बाहिर आएपछि सो घटनामा संलग्न ३ जनालाई पहिलो चरणमा र थप दुई जनालाई दोश्रो चरणमा गरेर प्रहरीले भदौ अन्तिम साता पक्राउ गरेको थियो। पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ।  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.