दाङको पक्षमा मतदान गर्न ह्विप, बुटवललाई पर्यटकीय र दाङलाई प्रशासनिक राजधानी बनाइने मुख्यमन्त्रीको आश्वासन

दाङको पक्षमा मतदान गर्न ह्विप, बुटवललाई पर्यटकीय र दाङलाई प्रशासनिक राजधानी बनाइने मुख्यमन्त्रीको आश्वासन

बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा मतदान गर्न नेकपा संसदीय दलले ह्विप जारी गरेको छ । कडा सुरक्षा घेरामा बसेको संसदीय दलको बैठकमा बोल्दै मुख्यमन्त्री एव नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले अनिवार्य पक्षमा मत दिन सांसदलाई निर्देशन दिएका हुन् ।

दलको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले रुपन्देहीलाई राजधानी बनाउने एजेण्डा सफल नहुने भए विशेष प्याकेज बनाउनुपर्ने प्रस्ताव राखेका थिए । रुपन्देहीको लुम्बिनी कोरिडोरलाई पर्यटकीय एवं आर्थिक राजधानी बनाउने निर्णय पनि संसदीय दलले गरेको प्रमुख सचेतक भुमिश्वर ढकालले बताए ।

दलको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले आर्थिक, पर्यटकीय राजधानी रुपन्देही र प्रशासनिक राजधानी राप्ती भ्याली बनाइने योजना सुनाए । सांसदहरुले असहमतिका बीच पनि भालुवाङमा राजधानी बनाउने प्रस्तावमा मतदान गर्नेछन् ।

संसदको बैठक समेत केही बेरमा सुरु हुँदैछ । आजको बैठकमा सरकारको प्रस्तावमाथि छलफल सुरु हुनेछ । प्रस्तावलाई भोलि नै मतदानबाट टुंग्याउने योजना छ । नेकपाको ह्विपपछि राजधानी भालुवाङ तोकिने करिब निश्चित छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.