पोप फ्रान्सिसको दावी: महामारीमा पूँजीवादी अर्थव्यवस्था असफल भयो

पोप फ्रान्सिसको दावी: महामारीमा पूँजीवादी अर्थव्यवस्था असफल भयो

भ्याटिकन : पोप फ्रान्सिसले महामारीका बेला पुँजीवादी अर्थ व्यवस्था असफल भएको टिप्पणी गरेका छन् ।

उनले खुला बजार नीतिहरुले मानवीय आवस्यकता पूरा गर्न नसक्ने अवस्थामा पुगेको भन्दै यसको आलोचना गरे । साथै मानवीय समस्या समाधान गर्न नसक्ने उनको दावी छ ।

पोपले ७० पेज लामो एक पुस्तिका पेश गर्दै महामारीपछिको अवस्थाबारे आफ्नो धारणा व्यक्त गरेका थिए । ‘बजारले हरेक समस्या आफैँ समाधान गर्न सक्दैन । यद्यपि हामीलाई नवउदारवादी यस मान्यतामा विश्वास गर्न भनिएको छ,’ पोपले लेखेका छन् ।

पोपले भनेका छन्, ‘खुला बजार पूँजीवादले जादुमयी सिद्धान्तलाई एक मात्रै सामाजिक समाधान गर्ने उपायको रुपमा आफैँ पुर्नउत्पादन गर्छ ।’ ‘फ्रातेल्ली टुटी’ नामको ज्ञानकोष प्रकाशन गर्दै त्यसमार्फत पोपले यस्ता दावी गरेका हुन् । साथै उनले क्रिश्चियन परम्पराले निरपेक्ष रुपमा निजी सम्पत्तीको अधिकार नदिएको पनि पुस्तकमा उल्लेख गरेका छन् ।

पोपको उक्त पुस्तकले बसाइँसराइ, मृत्युदण्ड, लोकप्रियतावाद र आर्थिक अन्याय लगायत विविध सामाजिक विषय समेटेको छ । यस्तै रंगवादबारे पनि उनले पुस्तकमा आफ्नो धाराण दिएका छन् । उनले रंगवादलाई तीव्र रुपमा फैलने तथा हराउनुको सट्टा लुक्ने र पर्खिरहने भाइरसको संज्ञा दिएका छन् । ‘फ्रातेल्ली टुटी’ पोपको तेस्रो ज्ञानकोष हो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.