यस्तो छ लिपुलेक र तिंकर जोड्ने सेनाले बनाएको गोरेटो बाटो

यस्तो छ लिपुलेक र तिंकर जोड्ने सेनाले बनाएको गोरेटो बाटो

दार्चुला : जिल्लाको व्यास गाउँपालिका-२ स्थित घाँटीबगर गोरेटो बाटोको निर्माण कार्य सकिएको छ। उक्त गोरेटो बाटोको सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्। उक्त बाटो उद्घाटनका लागी मुख्यमन्त्री भटट, सुदूरपश्चिम प्रदेशका मुख्य सचिव रामकृष्ण सुवेदी, सेनाका पृतिना पति निर्मल कुमार थापा, सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेललगायतको उपस्थितिमा बाटोको उद्घाटन गरेको हो।

घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो नेपाली सेनाद्वारा निर्माण गरिएको हो। नेपाल सरकारको मन्त्रिपरिषदको वैशाख १४ को निर्णयअनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गराउने निर्णय गरेको थियो। उक्त खण्डको बाटो सम्पन्न भएपछि नेपालीहरुले दार्चुलाको सदरमुकामबाट माथिल्लो क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

बाटो निर्माणमा १ करोड भन्दा बढी खर्च 
घोरेटो बाटो निर्माण गर्न एक करोड ८ लाख खर्च भएको छ। घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ। सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गरेका छन्। उक्त बाटो निर्माणको क्रममा एक जना कामदारको मृत्यु भएको थियो।

चार महिनामा निर्माण कार्य सम्पन्न
शौका समुदायलाई गाउँ फर्किन कठिनाई भएपछि सरकारले सो क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई जेठ दोस्रो साता सुम्पेको थियो। तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको उक्त बाटो निर्माणको काम वर्षातका कारण केही समय प्रभावित भएको थियो।

चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिक रुपमा परिचालन गरिएको थियो। छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको थियो। नेपाली सेनाले पहरो फोडेर बाटो बनाएपछि अब शौका समुदायलाई आफ्नै नेपाली भूमि भएर गाउँ फर्कन सहज भएको व्यास गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथोकीले बताए।

सेनाले बाटो निर्माण गरेका कारण अब भारतीय बाटो हिँड्ने बाध्यता हटेको स्थानीय नागेन्द्र तिङकरीले बताए। उनले भने 'घोडेटो बाटो मात्र होइन अब चाँडै छाङरु र तिङ्कर जोड्ने महाकाली करिडोरको सडक पनि सेनाले निर्माण गर्ने भएकाले बस चढेर गाँउ आवतजावत गर्न पाइनेमा तिङकरबासी आशावादी छन्।

बाटो निर्माण भएसँगै सुरक्षाकर्मीलाई पनि उक्त क्षेत्रमा आवतजावत गर्न सहज भएको छ। अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्मसमेत राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.