कोरोना लागेपछि इजरायली मन्त्रीले ढाँट्दै ड्राइभरलाई दोष लगाइन्

कोरोना लागेपछि इजरायली मन्त्रीले ढाँट्दै ड्राइभरलाई दोष लगाइन्

इजरायल : इजरायलका वातावरण संरक्षण मन्त्री गिला गम्लिएलले गत शनिबार आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरिन् ।

तर यससँगै मन्त्रीले यस्तो पनि लुकाइन् कि, उनले लकडाउनको मापदण्ड उल्लंघन गर्दै योम किप्पुरस्थित धार्मिक प्रार्थनागृह भ्रमण गरेकी थिइन् । यस्तो कुरा यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

इजरायलको लोकप्रिय मिडिया हारेत्जले उल्लेख गरे अनुसार मन्त्री गाम्लिएलले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई यसबारे जवाफ दिन पनि घण्टौँसम्म अस्वीकार गरेकी थिइन् । जब उनी जवाफका लागि तयार भइन्, उनले आफ्नो सवारी चालकले कोरोना सारेको भन्दै पन्छिन खोजिन् । तर स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उनले टिप्पणी गर्न मानिनन् ।

सरकारले यहाँ लागु गरेको लकडाउन मापदण्ड अनुसार प्रार्थनागृहमा प्रार्थना गर्नका लागि सबैलाई छुट त छ तर घरबाट एक किलोमिटरको दूरीभित्र मात्रै । वातावरण मन्त्री गाम्लिएल उत्तरी तेल अभिभ क्षेत्रमा बस्छिन् । तर प्रार्थना गर्न उनी तेल अभिभबाट १ सय ५० किलोमिटर टाढाको दूरीमा पर्ने तिबेरसस्थित प्रार्थनागृहसम्म पुगिन् ।

हारेत्जका अनुसार अर्का एक मन्त्रीले बिदाको अवधिमा सरकारी प्रतिबन्ध उल्लंघन गर्दै मन्त्री गाम्लिएलका ससूरालाई भेट्न घरमै आएका थिए । मन्त्री गाम्लिएलले स्वास्थ्य अधिकारीहरुलाई आफ्नो सवारी चालकबाट कोरोना सरेको जवाफ दिइन् । तर अनुसन्धानबाट उनको पारिवारिक घनिष्ठ सदस्यहरुबाटै कोरोना सरेको पुष्टि भएको छ । उनको पारिवारिक वृत्तमा जसलाई कोरोना लागेको थियो उनीहरु ड्राइभरको सम्पर्कमा आएकै थिएनन् ।

तर गम्लिएलले आफूले परिवारका सदस्यहरुसँग योम किप्पुरको प्रार्थनासभामा गएको स्वीकार गरेकी छन् । हालै सरकारले उक्त प्रार्थनागृहमा पनि अन्यलाई कोरोना लागेको हुनसक्ने भन्दै छानविन गर्न थालेको छ ।

मन्त्री गाम्लिएलले ट्वीटरमार्फत शनिबार राति मात्रै आफूलाई कोभिड १९ पोजिटिभ भएको बताएकी हुन् । अहिले उनले स्वास्थ्य अवस्था स्थिर रहेको बताएकी छन् । इजरायलमा कोरोनाभाइरस विरुद्ध सरकारी प्रतिबन्ध उल्लंघन गर्ने वातावरण मन्त्री गाम्लिएल पहिलो उच्चपदस्थ व्यक्ति हैनन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सल्लाहकार र अन्य घनिष्ठ सम्बन्ध भएका अधिकारीहरुले पनि मापदण्ड उल्लंघन गर्दैआएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.