स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अर्घाखाँची अस्पताल बन्द

सन्धिखर्क : स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल अर्घाखाँचीका प्रसुती र अत्यावश्यकबाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ। बिरामीको उपचारमा अहोरात्र खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँचीका प्रसुती र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।

समुदायस्तरमा बढी समाजमा घुलमेल हुनेहरु जिल्लाका उच्च तहका १३ जनामा कोरोना संक्रमण देखिएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधबप्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोककुमार थापा क्षेत्री, रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल, अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मालगायत १३ जनामा संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख गौतमले बताए।

जिल्लाका विभिन्न स्थानमा गएका पहिरो प्रभावितहरुको राहात तथा पुनर्स्थापनामा खटिएकाहरुमा कोरोना देखिएको छ। यसअघि आश्विन ६ गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद व्यवस्थापन राहत उद्वार र पुनर्स्थापनामा खटिएकै बेला प्रमुख जिल्ला अधिकारीलगायत ७ जनामा संक्रमण पुष्टि भएको थियो। 

त्यसको दुई दिनपछि गरिएको स्वाब परीक्षणमा सोही विपद व्यवस्थापनमा सँगै खटिएका १३ जनामासमेत संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.