ह्यारी र मेघनलाई अफ्रिका पठाउने रानी एलिजाबेथको योजना !
लण्डन : बेलायती रानी एलिजावेथ द्धित्तियले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केललाई उनीहरुले राजपरिवारबाट अलग्गिनुअघि नै अफ्रिका पठाउने योजना बनाएको खुलासा भएको छ ।
राजकुमार विलियम्स र ह्यारीको सम्बन्धबारे हालै प्रकाशित ‘ब्याटल अफ ब्रदर्स’ पुस्तकमा यस्तो दावी गरिएको हो । जस अनुसार ह्यारी र मेघनलाई छोटो समय अफ्रिका पठाउने योजना बनाएको बुझिएको छ ।
इतिहासकार रोबर्ट लेसीका अनुसार महारानीले ह्यारी र मेघनलाई एक वा दुई वर्षका लागि आम मानिसको जस्तै जीवनयापन गराउन अफ्रिका पठाउन खोजेकी थिइन् । लेसीले ह्यारी र मेघनलाई देश बाहिर पठाउने रानीको योजना अनुसार नै यस्तो तयारी गरिएको दावी गरेका छन् ।
बेलायती मिडियाका अनुसार २०१९ मा ह्यारीले राजदरबार छाड्नुअघि नै राजपरिवारसँग उनको सम्बन्ध चिस्सिसकेको थियो । विलियम र ह्यारीबीच नै सुमधुर सम्बन्ध नरहेको बताइन्छ । पछिल्लो समय ह्यारी र मेघन आफ्नो छोरा आर्चीलाई लिएर क्यानडाको एउटा टापुमा बस्दैआएका छन् ।