बिग बोसमा निक्कीको तहल्का

बिग बोसमा निक्कीको तहल्का

मुम्बई : टीभी रियलिटी सो ‘बिग बोस– १४’ को माहोल सुरु भइसकेको छ। यो सोमा मोडल तथा अभिनेत्री निक्की तंबोली प्रतियोगीको रूपमा पुगेकी छन्। सोको प्रोमोमा पनि निक्कीले आफ्नो कला देखाइसकेकी छन्। परिचयका क्रममा निक्कीले आफ्नो निकै तारिफ गरेकी छन्। उनले आफूलाई निकै हट र सुन्दर पनि बताउन चुकिनन्। निक्कीको शैली धेरै हदसम्म शहनाज गिलजस्तो थियो। निक्कीको कुरा गर्ने शैली र उनको एटिट्युडले दर्शकलाई शहनाजको स्मरण गरायो। 

निक्की दक्षिण भारतीय अभिनेत्री तथा मोडल हुन्। उनले धेरै तमिल तथा तेलुगू फिल्ममा काम गरेकी छन्। निक्कीको तमिल फिल्म ‘कञ्चना–३’ निकै चर्चित भएको थियो। उनको जन्म २१ अगस्त १९९६ मा भएको हो। उनी २४ वर्षकी भइन्। 

निक्की औरंगाबाद महाराष्ट्रकी हुन्। अहिले उनी मुम्बईमा बस्दै आएकी छन्। उनको स्कुलिङ सानैबाट ग्ल्यामरको दुनियाँमा भएको हो। उनले स्कुले जीवन औरंगाबादमै पूरा गरेकी हुन् भने ग्रेजुएसन पनि उतै गरिन्। उनले आफ्नो करिअरको सुरुआत मोडलिङबाट गरेकी हुन्। ग्रेजुएसनपछि धेरै राम्रा ब्रान्डका  टीभी विज्ञापनमा उनले अभिनय गरिन्। यसपछि उनलाई राघव लरेन्सको फिल्म ‘कञ्चना–३’ मा काम गर्ने अवसर मिल्यो। यो फिल्म सुपरहिट भयो र निक्कीको भाग्य चम्कियो। उनले दक्षिणका केही राम्रा फिल्ममा काम गरिन्। निक्की अहिले मुम्बईका चर्चित डीजे रोहित गिदासँग डेट गइरहेकी छिन्। दुवै धेरै पटक बान्द्रा इलाकामा भेटिएका छन्। तर निक्कीले सलमान खानलाई आफू अहिले सिंगल रहेको बताएकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.