मूर्तिसहित तीनजना पक्राउ

मूर्तिसहित तीनजना पक्राउ

सुर्खेत : जुम्लामा दुई मूर्तिसहित संकास्पद तीन युवा पक्राउ परेका छन् । प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएको बहुमुल्य मूर्तिमध्ये थप दुई पुरातात्विक मूर्ति फेला परेका हुन् । २०७३ मंसिर ११ गते मन्दिरबाट दर्जनौं बहुमुल्य मूर्ति चोरी भएका थिए । जसमध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो ।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको संयुक्त टोलीले बिहान १० : १५ बजे चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँस्थित  सुशिल विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लाले बेरेर राखिएको अबस्थामा मूर्ति फेला परेका हुन् । 

जुम्लाका डीएसपी माधव काफ्ललेका अनुसार दुई थान मूर्तिसँगै उक्त घटनामा संग्लन तीनजना संकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–१० निवासी ३२ वर्षीय सुशिल विष्ट, तातोपानी गाउँपालिका–८ घर भइ हाल चन्दननाथ नगरपालिका–१० मा बस्ने २८ वर्षीय जयलाल थापा र चन्दनना नगरपालिका–१० कै वर्ष २३ का सुदिप रावल रहेका छन् । पाँच वर्ष पहिले चोरी भएका दर्जनौं मूर्तिमध्ये हालसम्म विभिन्न ठाउँमा करिब २० वटा मूर्ति भेटिएको प्रहरीले जनाएको छ ।

मन्दिरबाट जम्मा के कति मूर्ति चोरी भएका थिए ? कस्ता मूर्ति भेटिए ? भन्ने कुरा अझै एकिन छैन । घटनापछि तत्काल मूर्ति चोरीमा संलग्न मन्दिरका पूजारी चन्द्रमौलेश्वर गिरी र स्थानीय जयकृष्ण आचार्य पक्राउ परेका थिए । तर घटनामा को र कति जना संलग्न थिए भन्ने कुरा खुलेको छैन । मूर्ति चोरीमा संलग्न अझैं केही व्यक्ति फरार रहेको प्रहरीको भनाइ छ । 

मूर्ति चोरी काण्डबारे प्ररीले निरन्तर अनुसन्धान गरिरहेको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमुल्य ऐतिहासिक मूर्ति चोरी काण्डमा संग्लन सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी, प्रशासनले हरप्रयास जारी राखेको बताए । 

विशेष सूचनाका आधारमा संकास्पद तीन व्यक्ति दुई थान मूर्तिसहित पक्राउ गर्नु पनि प्रहरीको ठूलो उपलब्धि भएको उनको भनाइ छ । साथै प्रजिअ थापाले हिरासतमा रहेका सबैलाई मानव अधिकार हनन हुने खालका कुनैपनि गतिविधि नगर्न सुझाब दिए ।

साथै आ.ब २०७७/७८ को हालसम्म अदालतबाट दोषी ठहर भइ फरार रहेका २४ जना र अनुसन्धानको क्रममा फरार प्रतिवादी २३ जना गरी ४७ जनालाई पक्राउ गरिएको डिएसपी काफ्लले जानकारी दिए । जसमा पक्राउ परेका ४७ जनाबाट ४३ लाख एक हजार ७ सय नब्बे रुपैयाँ जरिवाना र १५ वर्ष तीन महिना २१ दिन कैद असुली गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.