कोरोना लागेपछि ट्रम्प पत्‍नीले ह्‍वाइट हाउस छोड्न नमान्दा मनमुटाव

कोरोना लागेपछि ट्रम्प पत्‍नीले ह्‍वाइट हाउस छोड्न नमान्दा मनमुटाव

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले कोरोनाभाइरसको संक्रमण भएपछि पनि ह्वाइट हाउस छाड्ने कुनै योजना नबनाएको ह्वाइट हाउसका अधिकारीहरुले जनाएका छन् ।

ह्वाइट हाउस नछाड्ने उनको अडानले गर्दा राष्ट्रपति ट्रम्पसँग मनमुटाव भएको पनि बुझिएको छ । ट्रम्प आफैँलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ । आइतबार राष्ट्रपति ट्रम्प उपचारका लागि अस्पताल पुगे । तर मेलानियाले ह्वाइट हाउस नछाड्ने भएकी हुन् । ह्वाइट हाउसका अधिकारीहरुले बताए अनुसार मेलानिया कोभिड १९ को खतराप्रति सचेत नै छिन् ।

शुक्रबार बिहानै फस्र्ट लेडी मेलानियाले आफू र राष्ट्रपतिलाई कोभिड १९ को संक्रमण पुष्टि भएको जानकारी दिएकी थिइन् । तर उनले आफूलाई हल्का लक्षण मात्रै देखिएको पनि उनले जनाएकी थिइन् ।

सोमबार भने मेलानियाले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र नियमित रुपमा घरमै आराम गर्ने बताइन् । उनले मेडिकल स्टाफ र आफ्नो हेरचाह गर्नेहरुलाई ट्वीटरमार्फत धन्यवाद दिएकी थिइन् । साथै उनले कोभिड १९ का बिरामीहरुको सुस्वास्थ्यको कामना समेत गरेकी थिइन् ।

मेलानियाले यसवाहेक ६ महिना अघिदेखि नै लामो दूरीको यात्रा र सार्वजनिक जमघटमा जान रोकेकी थिइन् । गत महिना फस्र्ट लेडीले न्यु ह्याम्पसायर भ्रमण गरेकी थिइन् । त्यहाँ उनी जन्मजात अपांगता भएका बालबालिकाको उपचार गर्ने अस्पतालको एक कार्यक्रममा पुगेकी थिइन् । जुन महामारी सुरु भएपछि उनको पहिलो औपचारिक यात्रा थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.