उत्तर कोरियाली नेता किमले देशव्यापी अभियान घोषणा गरे
प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले जनवरीमा पाँच वर्षे योजना बनाउने अधिवेशन सुरु हुनुअघि नै देशव्यापी अभियानको आह्वान गरेका छन् ।
नेता किमले हरेक क्षेत्रमा लक्ष्य प्राप्तिका लागि ८० दिने अभियान चलाउन लागेका हुन् । किमले यही सोमबार सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरो बैठकमा यस्तो घोषणा गरेका हुन् । आँधीवेहरी र बाढीका कारण दबाव झेलिरहेको उत्तर कोरियाली अर्थ व्यवस्था महामारीका कारण थप थिलोथिलो भइरहँदा पार्टीको बैठक बसेको छ ।
‘हामीले अझै चुनौतीहरु समना गर्दैछौँ, जुन बेवास्ता गर्न सक्दैनौँ र केही लक्ष्य यही वर्षभित्र प्राप्त गर्नुपर्छ,’ नेता किमले भनेका छन् । यस्तै उनले गत अगस्टमा आफ्नो पार्टीले आगामी जनवरीमा पाँच वर्षे योजना तय गर्न अधिवेशन गर्ने घोषणा गरेका थिए ।