भारतमा बलात्कार घटनाका पीडित भन्छन्ः अभियुक्तको धम्की आयो, गाउँ बस्‍न सकिन्‍न

भारतमा बलात्कार घटनाका पीडित भन्छन्ः अभियुक्तको धम्की आयो, गाउँ बस्‍न सकिन्‍न

नयाँदिल्ली : भारतको उत्तर प्रदेशस्थित हथरास गाउँमा गत महिना १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्याको घटनासँगै स्थानीय स्तरमा राजनीतिक विभाजन र हिंसाको रुप लिएको छ ।

अभियुक्त चारजनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएपछि पीडित पक्षलाई धम्की आउन थालेको छ । कथित उच्च जातिका युवाहरुले सार्वजनिक रुपमै पीडित परिवारलाई धम्की दिन थालेका हुन् ।

भारतीय मिडियाका अनुसार मृतककी आमा र परिवारका सदस्यलाई कथित उच्च जातिका युवाले यदी आफूहरु जेल जानु परेमा पीडित परिवारलाई जेसुकै गर्नसक्ने भन्दै धम्की दिएका हुन् ।

यतिसम्म कि, मिडिया र प्रहरीकै सामु उनीहरुले पीडित परिवारलाई धम्की दिइएको छ । युवाहरुको समूहले धम्की दिएको भिडियो समेत भाइरल बनेको छ ।

तर पीडित परिवारका सदस्यहरु भने यदी उनीहरुलाई दोषी ठहर गरी जेल पठाएमा वा फाँसी दिइएमा आफूहरु गाउँ बस्न नसक्ने गुनासो गर्न थालेका छन् । गत आइतबार मात्रै घटनास्थलमा पुगेका भिम सेना प्रमुख चन्द्रशेखर आजादको अगाडि नै अभियुक्तका आफन्तले पीडितलाई धम्की दिएका थिए ।

तर उत्तर प्रदेश प्रहरीले भिम सेनाका नेता चन्द्रशेखरसहित ४ सय जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध प्रहरीले भिडभाड गरेको र प्रतिबन्धित क्षेत्रमा भेला भएर नियम उल्लंघन गरेको भन्द्र प्रहरीले मुद्दा दायर गरेको हो ।

भारतीय मिडियाका अनुसार हाथरसका पीडित परिवारले आफूहरु असुरक्षित भएको भन्दै सरकारसँग विशेष सुरक्षा मागेका छन् । हाथरस घटनालाई लिएर उत्तर प्रदेशको प्रहरी पनि विवादित बनेको छ । जब कि, बलात्कृत तथा मृतक युवतीको शवलाई प्रहरीले परिवारको रोहवरविना नै जलाइदिएको थियो ।

सेप्टेम्बर १४ मा हाथरसकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरी उनको जिब्रो काटेर फालिदिएको भन्दै चार जनाविरुद्ध मुद्दा दायर भएको छ । बलात्कृत किशोरीको दिल्लीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तर अभियुक्तका परिवारले त्यहाँ बलात्कार नभएको जिकिर गर्दैआएको छ । सोही अनुरुप यदी मुद्दा चलेर जेल जानुपर्ने अवस्था आएमा युवतीका परिवार र आफन्तको ज्यान मार्नेसम्मको धम्की दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.