सिन्धुली अस्पतालमा इमरजेन्सी र प्रसुती बाहेकका सेवा बन्द

सिन्धुली अस्पतालमा इमरजेन्सी र प्रसुती बाहेकका सेवा बन्द

सिन्धुली : स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि सिन्धुली अस्पताल सिल गरिएको छ। एकै पटक धेरै स्वास्थ्यकर्मी र कर्मचारीहरुमा संक्रमण भएपछि बुधबारबाट अस्पतालमा इमरजेन्सी र प्रसुती सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमण भएका स्वास्थ्यकर्मी र कर्मचारीलाई सेफ आइसोलेसनमा राखिएको छ। ‘कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गर्ने कार्य भएको छ। अर्को सूचना नभएसम्मका लागि इमरजेन्सी र प्रसुती सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको हो’, श्रेष्ठले भने।

स्वास्थ्य सुरक्षा र आवश्यकताका आधारमा इमरेन्सी र प्रसुती सेवा भने निरन्तर संचालनमा रहेन श्रेष्ठले स्पष्ट पारे। संक्रमण पुष्टि भएकालाई सेफ आइसोलेसनमा राखिएको र उनीहरुको सम्पर्कमा भएकाको बुधबार नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी समेत गरिएको छ। 

जिल्लामा एकैपटक धेरैको संख्यामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, शिक्षक तथा बैंकका स्टाफलाई कोरोना पोजेटिभ देखिएको हो। कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि सिन्धुलीमा चारवटा बैंक र मालापोत कार्यालय अनिश्चित समयसम्मका लागि बन्द भइसकेका छन्। 

जिल्लामा कोरोना भाइरस संक्रमितिको संख्या १ सय ३३ पुगेको छ। उनीहरुमध्ये ६५ जना सक्रिय संक्रमित रहेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.