पोखराका नौ ताल (फोटो फिचर)

पोखराका नौ ताल (फोटो फिचर)

पोखरा : दिपाङ ताल किनारका ५० वर्षीय नारायणप्रसाद लामिछाने २०३९ सालमा अहिले निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि सरकारले जग्गा अधिग्रहण गरेपछि विस्थापित भएर बाबा आमासँग ११ वर्षको उमेरमा पोखरा २७ दिपाङ ताल किनार आएर बसे। 

पोखराको भेडीफारम (छिनेडाँडा) मा १६ रोपनी जमीनसहित सुबिधा सम्पन्न घर थियो। सरकारले विमास्थलका लागि पुख्यौली थलोबाट उठीबास गरेपछि ४ कक्षा पढ्दा पढ्दै दिपाङतालको पाखामा आएर बसेको उनि सम्झन्छन्। 

आप्ना दाजु भाइ, छरछिमेकबाट बिछडीएर दिपाङको पाखामा सानै उमेरमा आएका उनको यहाँ १३ रोपनी पाखो जमिन छ। पहिले जंगल बीचमा एक्लो घर थियो। अहिले घर नजिकै भएर सडक खनियो। सडक खन्दा वरपरको बस्ती, वन र तालको संरक्षणमा ध्यानै दिइएन। बुल्डोजरले कम्जोर जमीन थर्काउदै चाहिने भन्दा बढी चाक्लो बाटो बनाइयो। पानीको व्यवस्थापनका लागि न ढल बनाइयो न त बस्ती जोगाउन सडकमाथी र तलको जोखिम क्षेत्रमा पर्खाल नै लगाइयो। 

त्यही कच्ची बाटो माथिको वनमा पहिरो जाँदा अहिले उनको घरसहित गाउँका ५ घर जोखिममा परेको छ। घरमाथि सडक छ। त्यही सडक माथिको दिपाको पाखाको सालको जंगलमा यस वर्ष ठूलो पहिरो गयो। पहिरोले घर नै थिच्लाकी भन्ने त्रासले यस वर्षको वर्षा याम भर पानी पर्यो कि घरका सबै परिवार जागा बसेको उनले सुनाए। पहिले विमानस्थलका लागि सरकारले जग्गा लिदा पोखराका मुख्य बजारकै सुविधा सम्पन्न घर र जमिन छाडेर यहाँ आउनु पर्यो। 

अहिले पहिरोले ज्यानै लिन्छ कि भन्ने त्रासमा बाँच्नु परेको सावित्री लामिछानले सुनाइन्। पोखराका ८ तालसँगै दिपाङ ताल पनि रामसारमा सूचिकृत भएको समाचार पढेको र सुनेको भए पनि यहाँको ताल र वरपरका स्थानीयको बासस्थान संरक्षणमा तीन तहका सरकारले कुनै पहल नगरेको उनले बताइन्। 

बेगनास ताल।

पोखराका ९ ताल सन् २०१६ को फ्रेबुअरी २ मा रामसारमा सूचीकृत गरिएको हो। यस वर्ष मात्र दिपाङ तालको जलाधार क्षेत्रमा १० भन्दा बढी पहिरो गएको छ। पहिरो तालमा पस्दा तीन दिन सम्म दिपाङताल हिलोले रात्तै भएको उनले सुनाइन्। बाटो माथीको पहिरोले ५ घर जोखिमा रहेको पनि उनले बताइन्। 

फेवातालको मुहानमा यस वर्ष साना ठूला गरेर ३० भन्दा बढी पहिरो गएको छ। यसै वर्षको पहिरो पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकराले निर्माण गरेको सिल्टेसन पोखरी हुँदै तालमा मिसिएको स्थानीय विष्णु दाहालले सुनाए। 

पोखराको सबैभन्दा सानो ताल मैदी देखिएको छ। ताल हेर्दा पोखरी जस्तै आकारको छ। झारले ढाकेर नाम मात्रको तालको रुपमा अस्थित्वको लागि मैदीले संघर्ष गरेको देखिन्छ। 

पोखराको दोस्रो ठूलो बेगनास ताल अरु तालको तुलनामा पहिरोको जोखिम केही कम रहेको बताइदै आएको छ। तर अरु ताल भन्दा सुरक्षीत भनिएको बेगनास तालमा पछिल्लो समयमा जथाभावी खनिएका सडककै कारण तालको मुहान चण्डीखोला, कमारङ खोला क्षेत्रमा ७ ठाउँमा पहिरो गएको स्थानीय शिवराज बास्तोलाले बताए। 

पोखराको तेस्रो ठूलो रुपा ताल संरक्षणका लागि संघ सरकार नै अघि सरेको छ। तालको मुहान तालवेसी खोलाले बगाएर ल्याउने माटोका कारण वर्षेनी पुरिदै र सांगरिदै गएको रुपाको संरक्षणका लागि दुई वर्ष अघि बाँध बाध्न परियोजना सुरु गरिएको हो। 

तालको उपल्लो तटमा आवश्यक जग्गा र तल्लो तटमा बाँधबाँध्न आवश्यक जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण चरणमा छ। विसं २०३२ को नापीमा १३५ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हाल १०७ हेक्टरमा खुम्चिएको अध्ययनले देखाएको छ। रुपामा बाँध निर्माण भएसंगै तालको सतह बढेर १७४ हेक्टर पुग्ने बताइएको छ। पाँच वर्षीय योजना अन्तर्गत सरकारले बाँध निर्माणका लागि ४ अर्ब ५२ करोडको लागत अनुमान गरिएको छ। 

संघ सरकारले ताल संरक्षणको काम अघि बढाउँदै गर्दा ताल किनारमा अवैज्ञानिक रुपमा डोजर चलाएर पैदल मार्ग निर्माण गरिएको छ। यो वर्ष त्यही पैदलमार्ग निर्माण भएका क्षेत्रमा पहिरो गएर तालमा मिसिएको स्थानीय दामोदरभक्त थापाले बताए।  

रुपा ताल। 

सात ताल जोड्ने सडक तालका लागि जोखिम
पछिल्लो समयमा पोखराको लेखनाथका ७ ताल जोड्ने भनेर बनाइदै गरिएको कच्ची सडकका कारण ताल पुरिने क्रम तिब्र भएको स्थानीयले बताएका छन्। लेखनाथका ७ ताल (बेगनास, रुपा, मैदी, न्यूरीनी, खास्टे, दिपाङ, गुदे) जोड्ने गरी डोजर नै चलाएर तालको जलाधार क्षेत्रका धमाधम सडक निर्माणको काम भइरहेको छ। 

सडक बनाए संगै वर्षाको पानी व्यवस्थापन गर्ने ढल र कम्जोर जमिन भएको स्थानमा ग्याविङवाल नलगाउँदा पहिरोबाट सुरक्षित रहेका ताल पनि जोखिममा परेको खास्टे न्यूरिनी ताल संरक्षण समितिका सदस्य चुडामणि लामिछानेले बताए। 

यस वर्ष पोखरामा अहिले सम्मकै धेरै पानी परेको छ। सन् १९७० देखि पोखरामा वर्षाको मापन हुन थालेको हो। सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय मिलिमिटर वर्षा भएको रेकर्ड तोडेर यस वर्ष अहिले सम्मकै सर्वाधिक ५ हजार ३ सय ५८ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका हाइड्रोलोजिष्ट इन्जिनियर सागर मिश्रले जानकारी दिए। 

पोखराका फेवा ताल।



दिपाङ ताल।

 खास्टे ताल। 


गुदे ताल।


न्यूरिनी ताल।


८ : मैदी ताल। 


कमल ताल (पोखरी)।   तस्बिर : कृष्णमणि बराल

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.