कल्पना तामाङको गजल ‘अवसर’ सार्वजनिक (भिडियो)
काठमाडौं : गजलकार कल्पना तामाङ ‘प्रकृति’को गजल ‘अवसर’ सार्वजनिक भएको छ। तामाङद्वारा लिखित गजलमा राज सागरले संगीत तथा स्वर दिएका छन्। नयन सिँहले निर्देशन गरेको गीतको भिडियोमा रोजेन सुन्दास र सलिना पुनमगरको अभिनय रहेको छ।
साहित्य क्षेत्रमा क्रियाशील रामेछापकी कल्पनाको मुक्तक–संग्रह ‘हिउँको आगो’ सार्वजनिक भइसकेको छ। त्यसैगरी पल्लवी रातहरु (संयुक्त मुक्तक संग्रह ), हैसियत ३ (संयुक्त गजल संग्रह), शब्द शिविर (संयुक्त गजल संग्रह) मा आफ्ना रचना प्रकाशित गर्नुका साथै विभिन्न साहित्यिक पत्रपत्रिकामा गजल, मुक्तक, कविता प्रकाशन गरिसकेकी छन्। उनी हाल हमल कन्सास सिटी मिजौरी, अमेरिका बस्दै आएकी छन्।
‘अवसर’ गजलका यस्ता छन् शब्द :
‘सधैँ यो दिल खुसी हुने अवसर हुँदैन
तिम्रो नजिक हुने मौका अक्सर हुँदैन
तिम्रो साथ पाएपछि आज यस्तो लाग्यो
मजस्तो कोहि भाग्यमानी सकभर हुँदैन।
केहीपल भएपनि यो मन खुब रमायो
तिम्लाई भेट्दा छुट्ने किन रहर हुँदैन।
जब तिमी छुट्यौ मनमा प्रश्न यो आयो
किन फेरि हाम्रो मिलन भर्खर हुँदैन।’
भिडियो हेर्नुहोस्