स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल रामेछाप बन्द

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल रामेछाप बन्द

काठमाडौं : स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल रामेछापमा अत्यावश्यकबाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ। बिरामीको उपचारमा अहोरात्र खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेकका सबै सेवाहरु बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन ग्वाछाले जानकारी दिए।

अस्पतालमा कार्यरत चिकित्सक लगाएतको स्वास्थ्यकर्मीहरुमा कोभिड-१९ सँग मिल्दो जुल्दो लक्षणहरु देखा परेपछि परीक्षणको लागि २० गते स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाइएको थियो। बिहीबार ७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको नतिजा पोजेटिभ आएपछि अर्को सूचना नभएसम्मको आकस्मिक सेवाबाहेकका सबै सेवाहरु बन्द गरिएको उनले बताए।

मालपोत कार्यालय बन्द

कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय रामेछाप शुक्रबारबाट असोज २९ गतेसम्म बन्द हुने भएको छ। आज एक सूचना जारी गर्दै आन्तरिक प्रशासनिक कार्यबाहेक सबै सेवा बन्द गरिएको छ। कार्यालयमा सेवाग्राहीको चाप बढी हुने र संक्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले सेवा बन्द गरिएको सूचनामा उल्लेख छ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार बिहीबार एकैदिन ५ महिला र १५ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको छ।

कार्यालयका अनुसार जिल्ला अस्पतालमा कार्यरत सात स्वास्थ्यकर्मी, रामेछाप नगरपालिकाका ६ जना, मन्थली नगरपालिकाका सात जनामा कोरोना भाइरस पुष्टि भएको हो। संक्रमण पुष्टि भएकामध्ये मालपोत कार्यालय, मन्थली नगरपालिका, राष्ट्रिय वाणिज्य बैंक मन्थली, र कृषि विकास बैंकका एक/एक जना कर्मचारी पनि छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.