रसुवागढी नाका नाका अवलोकन

रसुवागढी नाका नाका अवलोकन

नुवाकोट : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रसुवागढी नाका देशको मेरुदण्ड भएको बताएका छन् । नाका व्यवस्थापन तथा सञ्चालन अवस्थाको जानकारी दिन बिहीबार सुरक्षा टोलीसहित रसुवागढी नाका पुगेका ज्ञवालीले यसलाई थप प्रभावकारी बनाइने बताए ।

नेपालको विकासका लागि रसुवागढी नाकाको व्यववस्थापन जरुरी रहेका कारण यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गरिरहेको समेत मन्त्री ज्ञवालीको भनाइ छ । नेपाल–चीन प्रवेशका लागि छोटो दूरीको र त्रिदेशीय मार्गका रुपमा रहेको रसुवागढी नाकालाई चीनलेसमेत तीन वर्ष अगाडि नै अन्तर्राष्ट्रिय नाकाको मान्यता दिइसकेको छ । 

मन्त्री ज्ञवालीले गल्छी–त्रिशूली–रसुवागढी–केरुङमार्गको निरीक्षण गर्दै यस नाकाबाटै नेपालको आर्थिक विकास हुनेसमेत बताए । सरकारले चीनको सिगात्सेवाट यहि नाकाबाटै रेल ल्याउन लागेका कारण यसले प्रभावकारिता हासिल गर्नेसमेत उनले बताए । 

मन्त्री ज्ञवालीका साथमा सडक विभागका प्रमुख, भन्सार विभागका महानिर्देशक, टिमुरेस्थित सुक्खा बन्दरगाहका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागिता थियो । मन्त्री ज्ञवालीले 

बिहीबार नै चीन सरकारले निर्माण गर्न लागेको स्याफ्रुबेसी–टिमुरे सडक अबलोकन, निर्माणाधीन एकीकृत भन्सार कार्यालय तथा सुक्खा बन्दरगाह निर्माणमा देखा परेका समस्या तथा समाधानका उपायसम्बन्धी धारणा राख्नुका साथै रसुवागढी नाका निरन्तरताका लागि पहल गरिने प्रतिबद्धतासमेत जनाए । रसुवागढी नाका काठमाडौदेखि एक सय ५२ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.