अस्पताल लैजाने क्रममा बाटोमै गर्भवतीको मृत्यु

अस्पताल लैजाने क्रममा बाटोमै गर्भवतीको मृत्यु

बाजुरा : जिल्लाको बुढिनन्दा नगरपालिका ४ कुरुमा उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा गर्भवतीको मृत्यु भएको छ । घरमा सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बुढीनन्दा नगरपालिका ४ कुररुकी २३ वर्षीया अम्बकला रोकायाको बिहीबार राती मृत्यु भएको बुढीनन्दा नारपालका ४ कावडा अध्यक्ष राजन रोकायाले जानकारी दिए।

गाउँमा प्रसूति सेवा केन्द्र नभएपछि आफन्तले बोकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष रोकायाले बताए । दिउँसो सुत्केरी व्यथाले च्यापेकी अम्बकलालाई गाउँमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउँदै गर्दा मृत्यु भएको आफन्तले बताए।

कुरु गाउँमा प्रसूति केन्द्र नहुँदा त्यहाँका महिलाले विकरालमा ज्यान गुमाउन बाध्य छन्। कुरुमा यो वर्ष २ जनाले कोल्टि प्रथामिक स्वास्थ्य केन्दै ल्याउँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएको वडा अध्यक्ष रोकायाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.