नेकपा : दामरेड, नामरेड र कामरेडहरुको चंगुलमा

नेकपा : दामरेड, नामरेड र कामरेडहरुको चंगुलमा

२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न अरोह-अवरोह पार गर्दै टुटफुट, एकता, ध्रबिकरण हुँदै विविध संघर्षहरु, २०२८ को झापा विद्रोह, २०४६ को जनआन्दोलन २०५२/२०६२ को जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन समेत नेतृत्व गर्‍यो। सामाजिक-आर्थिक रुपान्तरणको नेतृत्वसमेत राष्ट्रिय स्वतन्तत्रता, राष्ट्रिय स्वाभिमान र राष्ट्रियताको सवालमा अग्रणी भूमिका पनि निर्भाह गर्‍यो।

हिजोको प्रतिवन्धित राजनीतिक अवस्थालाई चकनाचुर पार्दै देशको बढे शासकहरु राणा, पञ्चे, राजा र सामान्ती वर्गका नाइकेहरुको शासनलाई समेत धुलो चटाउँदै आजकै नेकपा र प्रगतिशिल शक्तिहरुको जोडमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसमेत निर्माण भयो। आज अगाडिका सबै राजनीतिक मुद्धाहरु पूरा भयो? भन्ने प्रश्न पनि हामीबीच बहसमा छ। अबको बाटो कता भन्ने पनि गहन प्रश्न छ। हामीले जे जति उपलब्धीहरु हासिल गर्‍यौं त्यसलाई संस्थागत गर्दै संविधानले अविलम्व गरेको समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणलाई पनि आफ्नै पोल्टामा पार्ने दाउमा छ नेकपा।

पार्टीका इमान्दार र सक्रिय नेता कार्यकर्ताको प्रतिष्ठामाथि नै ठेस पुर्‍याउन पछि पर्दैन। पैसाकै आडमा सामाजिक, आर्थिक, राजनीतिक सबै खाले बेइमानीसमेत गर्न भ्याउँछ। त्यस्तै पर्दा टिकेट किनबेचको दलालीसमेत गर्न खोज्छ र पार्टीको सर्वेसर्वा आफु नै भएको बताउँदै हिड्ने कमरेडहरुलाई अवसरवादी-दामरेडको रुपमा लिन सकिन्छ।

यी सबै संघर्षहरु कम्युनिष्टकै नेतृत्वमा सफल भयो। तर, अब बाँकी परिस्थितिको नेतृत्व कतै दलाल पूँजीपति वर्गको हातमा पुग्ने त होइन भन्ने खतरा बढेकोले आज दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकता सम्भव भएको हो। र कम्युनिष्ट केन्द्र निर्माणको अभियानमा निरन्तर अघी बढिरहेको पार्टी नेकपा समान न्याय र समान अवसरसहितको समाजवाद स्थापनाको लागि निरन्तर दृढताका साथ लागि रहेन आजको नेतृत्वको भनाई छ। तर, हामी यी अभियानहरुको परिकल्पना गरि रहँदा भने नेकपामा प्रमुख तीन मनोविज्ञान राख्ने कमरेडहरुको प्रतिस्पर्धा चलिरहेको छ। हामीले परिकल्पना गरेको समाज निर्माणको लागि हामी सच्चिन जरुरी छ र नेकपा असल कमरेडहरुको केन्द्रको रुपमा स्थापित गर्न जरुरी छ। नेकपाका प्रमुख तीन मनोविज्ञान भएका कार्यकर्ताहरु निम्नानुसार रहेको छ। 

आशावादी-कामरेड : 
हामी कहाँ धेरै लामो समयदेखि आजसम्मका विविध खाले क्षमता र बुझाइका साथ कम्युनिष्ट आन्दोलनमा लाग्ने धेरै कमरेडहरु हुनुहुन्छ। यस मध्ये आशावादी कमरेडहरुले पार्टी निर्णयको पालना गर्दै दृढताका साथ कार्यन्वयन गर्दछ। कहिलेकाहीँ पार्टीको अन्तरसंघर्षमा आफ्नो मत सम्बन्धित निकायमा स्पष्ट राख्दछ। पार्टीको धारणालाई जनतासँग स्पष्ट पार्दछ। नेतृत्वको सकरात्मक आलोचना गर्छ र आफू पनि आत्मआलोचना गर्न तयार हुन्छ। जताको गुनासालाई पार्टीसँग प्रभावकारी समन्वय पनि गर्छ। नेतृत्व, सहयोद्धा मतदाता, शुभेच्छुक र शुभचिन्तकहरुको संरक्षण र्गछ। आफू पनि केन्द्रमा राखेर बहस कहिल्यै गर्दैन र सँधै पार्टीमा नै विश्वास र आशा राख्दछ हो। उनै हाम्रो आशावादी कमरेडहरु हो। 

निराशावादी-नामरेड :
अहिले नेकपामा एउटा प्रवृति राम्रैसँग देख्न सकिन्छ। पार्टीको कामप्रति जिम्मेवार छैन तर कमिटी नै पिच्छे विभागै पिच्छे आफ्नो नाम खोज्दछ। अरुको कुरा सुन्न रुची राख्दैन तर आफ्नो मात्रै कुरा राखिरहन्छ। पार्टीको नकरात्मक टिकाटिप्पणी गरेर कहिल्यै थाक्दैन। पार्टीले उपेक्षा गर्‍यो, पार्टी सकिन्छ जस्ता मनगणन्ते कुराहरु खुलेआम भट्टी, पसल र चोकहरुमा भन्दै हिँड्छ। पार्टीको आधिकारिक छलफलमा भाग नलिने र पार्टी नेतृत्वको कुरा काटेर कहिल्यै मन/भर्न नसक्ने कमरेडलाई चाहि निराशावादी नामरेडको रुपमा लिन सकिन्छ।

अवसरवादी-दामरेड :
अहिले नेकपाभित्र एक जत्थाको राम्रै उपस्थिती छ जो सबै हिसाब किताब पैसासँग मात्र राख्दछ। दलाल पूँजीपतीहरुको नजानिँदो पाराले संरक्षण गर्छ, नेता र नेतृत्वलाई प्रलोभनमा पारेर निर्वाचनमा पैसासँग मोलमोलाई गर्छ। पार्टीको कार्यक्रमहरुमा अस्वभाविक पाराले खर्च गर्छ र पद खरिद गर्न खोज्छ। श्रोत र साधनहरु आफ्नो  नियन्त्रणमा राख्छ र पार्टीको ठेक्का मैले लिएको छु भन्ने देखाउन खोज्छ। पार्टीका इमान्दार र सक्रिय नेता कार्यकर्ताको प्रतिष्ठामाथि नै ठेस पुर्‍याउन पछि हट्दैन। पैसाकै आडमा सामाजिक, आर्थिक, राजनीतिक सबै खाले बेइमानीसमेत गर्न भ्याउँछ। त्यस्तै पर्दा टिकट किनबेचको दलालीसमेत गर्न खोज्छ र पार्टीको सर्वेसर्वा आफु नै भएको बताउँदै हिड्ने कमरेडहरुलाई अवसरवादी-दामरेडको रुपमा लिन सकिन्छ।

यो नेपाली राजनीतिको एउटा उदाङ्गो चित्र हो। हामीले हाम्रो राजनीति संस्कारहरुलाई सही मार्गमा ल्याउन नसक्ने हो भने नेपाली राजनीति माफियाहरुको कब्जामा पर्ने खतरा बढेको छ। हामीले कतै गलत प्रवृतिहरुलाई  टेवा पुर्‍याइरहेका त छैनौं? अब आउने नयाँ पुस्ताले के सिक्दै होलान? यो प्रश्नहरु भने जरुर गम्भीर बनेको छ। कामरेड, नामरेड र दामरेडको प्रतिस्पर्धाले पार्टीलाई पक्कै असर पुर्‍याउछ नै होला। पार्टीलाई असर पुर्‍याउँदा देश, समाज र सबै निकायहरुमा स्वतः प्रभाव पार्ने नै छ। अब हामी गलत प्रवृतिको नियोजन र सही प्रवृतिलाई प्रोत्साहन गर्न सक्दैनौं भने हामी माथि पनि प्रश्न चिन्ह खडा हुनेवाला छ। सचेत, सक्षम र राजनीतिक संस्कार भएका कार्यकर्ता निर्माणमा लागौं। भविष्य संगिन मोडमा छ , हामी सबै सकारात्मक सोचको साथ अगाडी बढौं, चुनौति भन्दा सम्भावना बढी छ। यो देश र समाज बदल्न हामी आफैं बदलिनुको विकल्प छैन्। (लेखक नेकपा सिन्धुपाल्चोकका जिल्ला सदस्य एवम् पूर्व विद्यार्थी नेता हुन।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.