अभिनयकला थाँती राख्दै पाककला

अभिनयकला थाँती राख्दै पाककला

काठमाडौं : कोरोना कहरले कलाकारको मात्र होइन सबैको जनजीवन अस्तव्यस्त छ । तर पनि यो परिस्थिति सहज बनाउन सबैले आआफ्नो स्थानबाट प्रयास गरिनै रहेका छन् । अन्य विधाभन्दा पनि सबैभन्दा मारमा परेको कलाकारिता क्षेलाई नै आफ्नो कर्मथलो बनाएकाहरूका लागि त अहिलेको परिस्थिति झनै विकराल छ । 

यही मेसोमा लामो समयदेखि कलाकारितालाई आफ्नो जीवनशैली बनाएका रमेश श्रेष्ठले नयाँ कामको थालनी गरेका छन् । हुनत उनी पाक कलाका पारखी पनि हुन् । आफ्नो त्यही कलालाई विकल्पको रूपमा प्रयोग गर्दै उनले अप्ठ्यारो परिस्थितिमा सेवा पुर्‍याउने प्रयास थालेका हुन् ।  

लामो समयदेखि सामाखुसीमा संगीत र नृत्यसम्बन्धी प्रशिक्षण दिँदै आएका निर्भाना कला केन्द्रका अध्यक्ष रमेशले आफ्ना दुई सहकर्मी ट्राभल एन्ड टुर्स  तथा वैदेशिक रोजगार व्यवसायी यमबहादुर बुढाथोकी र आईटी इन्जिनियर सूर्य श्रेष्ठसँगको सहकार्यमा यथास्थानसम्म विभिन्न परिकार पुर्या‍एर सेवा दिइरहेका छन् ।

गोंगबुमा निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिमार्पmत यो सेवा सुरु गरेको उनले जानकारी दिए । ‘जस्तो परिस्थिति आउँछ त्यसैलाई उपयोग गर्दै स्थिति सहज बनाउने प्रयास गरेका हौं’, रमेशले भने । चार वर्षदेखि होटल तालिम प्रदान गर्दै आएको निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिमार्फत यो सेवा सुरु गरिएको हो । ‘एक पन्थ दो काज’ भनेझैं अहिले निकोलसले वेटर, बार टेन्डर, बारिस्टा, कुक, हेल्पर, लन्ड्री, क्लिनर, हाउस किपिङ, फ्रन्टडेक्स, होटललगायतका विभन्नि प्रशिक्षण दिन्छ । 

निकोलसले टेक वे र होम डेलिभरीको साथमा स्वादिष्ट मौलिक परिकार रेस्टुरेन्टमै पस्कँदै आएको छ । ७० भन्दा बढी म्युजिक भिडियो निर्माण र निर्देशन गरेका श्रेष्ठ जुनसुकै काम गरे पनि त्यसमा लगनशील भएर लागे सफल भइने धारणा राख्छन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियो र ५० भन्दा बढी कमर्सियलमा मोडलिङ गरेका रमेश पाककला र अभिनय कला एकसाथ अघि बढाउने बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.