नीजि काममा एम्बुलेन्सको प्रयोग

नीजि काममा एम्बुलेन्सको प्रयोग

जुम्ला : तातोपानी गाउँपालिकाको ऐरानी भन्ने स्थानमा हिमा गाउँपालिकाको ना अ प च २२६ नम्बरको एम्बुलेन्सलाई चालकले रोकेर राखेका थिए। एम्बुलेन्समा बिरामी भने थिएनन्। उक्त एम्बुलेन्सले हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिृकत अधिकृतसहित अन्य कर्मचारीहरु फुटबल खेल्न आफनो गाउँपालिकाबाट तातोपानी गाउँपालिकासम्म खेल्न प्रयोग गरेका थिए।

हिमा गाउँपालिकाले आफना स्थानियबासिका लागी भर्खरै ना अ प च २२६ नम्बरको एम्बुलेन्स खरिद गरेको थियो। यो एम्बुलेन्स गाउँपालिकाको स्थानीयका सेवाका लागी भन्दा गाउँपालिकाकै कार्यकारीसहित अन्य कर्मचारी बोक्ने सवारी साधनका रुपमा प्रयोग गरिँदै आएको पाइएको हो।

शनिबार  हिमा गाउँपालिका र तातोपानी गाउँपालिकाले संयुक्त कर्मचारी मैत्रीपूर्ण फुटबल आयोजन गरेको थिए। तातोपानी गाउँपालिकाको ऐरानी भन्ने स्थानमा आयोजना भएको फुटबल प्रतियोगितामा हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिनबहादुर रावलसहित अन्य कर्मचारीले उक्त स्थानसम्म लिनुपर्ने भनेपछि उनीहरुलाई ऐरानीसम्म ल्याएको एम्बुलेन्सका चालकले बताए।

गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था नगर्दा हिमा गाउँपालिकाका स्थानीयबासीहरु महङ्गो रकम तिरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बजार आउन बाध्य थिए। भर्खरै मात्र गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेपछि हिमाबासीले केही राहत महसुस गरेका बेला गाउँपालिकाकै प्रमुख कार्यकारीसहित अन्य कर्मचारीले शनिबार मात्र नभई अन्य दिनसमेत आफनो नीजि काममा एम्बुलेन्स  प्रयोग गर्न थालेपछि  स्थानीयबासीले सास्ति भोग्नु परेको एक स्थानीयले आरोप लगाए।

शनिबारको दिनमा समेत कर्मचारीहरुले आफनो मनोरञ्जनका लागी एम्बुलेन्स प्रयोग गरेर फुटबल खेल्न हिँडेको भन्ने बिषयमा आफुलाई जानकारी नभएको र आफु गाउँपालिकाको बिशेष कामले गाउँमै रहेको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए। उनले बिरामी बोक्ने एम्बुलेन्स कर्मचरीले आफ्नो नीजि कामको लागी प्रयोग गर्न नहुने बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.