‘गाउँमै मनाऊँ दसैंतिहार’
काठमाडौं : यसपालि दसैं मनाउने माहोल छैन। यसै क्रममा लोकगायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाऊँ दसैंतिहार’ गीत रिलिज भएको छ।
गीतमा जीवन प्याकुरेलको शब्दमा लय, संगीत रिमेशकुमार थापाको छ भने संगीत संयोजन विजय थापा र मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन्। विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टीका जैसी, ध्रुव हिमाली र दिनेश केसीको अभिनय छ।
त्यस्तै दसैं नजिकिँदै गर्दा गायक अमृत भारतीले आफ्नै शब्दमा ‘रातो खसी’ बोलको गीत ल्याएका छन्।