बागलुङमा एकैदिन ३० सैनिकमा कोरोना संक्रमण

बागलुङमा एकैदिन ३० सैनिकमा कोरोना संक्रमण

बागलुङ : जिल्लामा एकै दिन ३० जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा २३ नम्बर बाहिनी अड्डाका १८ जना र अर्जुनवाण गण घोडाबाँधेका १२ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले बताए । यसअघि गत बुधबार नेपाली सेनाका २८ जनामा एकै पटक कोरोना संक्रमण देखिएको थियो । 

शनिबार राती ३० सैनिकसहित दुई प्रहरी, एक थुनुवा, एक व्यवसायी र उच्च अदालत पोखरा इजलास बागलुङका दुई कर्मचारी गरेर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । 

कोरोना संक्रमित हुने सैनिकमा विभिन्न उमेर समूहका २९ जना पुरुष र १९ वर्षीय एक महिला छन् ।  तित्याङस्थित तामाखानीमा काम गर्ने मजदुरमा कोरोना देखिए पछि सुरक्षार्थ गएका सैनिकको स्वाब परीक्षण गरिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि सेनाको ब्यारेकमा परीक्षण गरिएको थियो । अहिलेसम्म सैनिक ब्यारेकमा मात्रै ६० बढीमा संक्रमण देखिएको छ ।

ठूलो संख्यामा सैनिकमा संक्रमण देखिएपछि २३ नम्बर बाहिनीमै ८० बेडको आइसोलेसन बनाइएको छ । प्रहरीमा यसअघि एक निरीक्षकलाई कोरोना संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य दुईजनामा कोरोना पुष्टि भएको बरालले बताए ।

प्रहरीका संक्रमित भने अस्पतालको आइसोलेसन लैजाने तयारी छ । अहिलेसम्म जिल्लामा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ६७ जना निको भएका छन् । अझै १ सय ५७ जना आइसोलेसनमा छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.