मेक्सिकोले कोरोनाको खोप पाउन डब्लूएचओलाई पैसा बुझायो

मेक्सिकोले कोरोनाको खोप पाउन डब्लूएचओलाई पैसा बुझायो

मेक्सिको सिटी : मेक्सिकोले कोभिड १९ को खोपका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई १ सय ५९ मिलियन भन्दा धेरै अर्थात्, १६ करोड रुपैयाँ भुक्तान दिएको छ ।

कोभेक्स कार्यक्रम अन्तर्गत खोप उपलब्ध गराउन मेक्सिकोले उक्त रकम तिरेको यही शनिबार जानकारी दिएको छ । डब्लूएचओको कोभेक्स कार्यक्रममा विश्वका अधिकांश देश सहभागी छन् । यसै अन्तर्गत खोप उपलब्ध गराउन विभिन्न देशले डब्लूएचओलाई पैसा तिर्नुपर्छ ।

मेक्सिकोले यस पटक डब्लूएचओलाई पैसा तिरेपछि उसको १२ करोड भन्दा धेरै जनसंख्यामध्ये पाँच भागको एक भाग जनसंख्यालाई पुग्ने खोप पाउनेछ । मेक्सिकोको परराष्ट्र मन्त्रालयका अनुसार उसले अरु थप जनसंख्याका लागि पनि खोप उपलब्ध गराउन प्रक्रिया अघि बढाइसकेको छ ।

मेक्सिकोमा कोरोनाभाइरसका कारण संक्रमितको संख्या ८ लाख १० हजार भन्दा धेरै पुगिसकेको छ । साथै ८३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । मेक्सिकन सरकारले डब्लूएचओको कोभेक्स कार्यक्रमसँग सम्झौतापत्रमा गत महिना हस्ताक्षर गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.