इजरायलमा प्रधानमन्त्रीको राजीनामा माग्दै दशौँ हजार प्रदर्शनमा उत्रिए

इजरायलमा प्रधानमन्त्रीको राजीनामा माग्दै दशौँ हजार प्रदर्शनमा उत्रिए

जेरुसेलम : इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजीनामाको माग गर्दै दशौँ हजार नागरिक सडकमा उत्रिएका छन् ।

शनिबार साँझ उनीहरुले देशव्यापी रुपमा प्रदर्शन गरेका हुन् । कोरोनाभाइरसको महामारीका बेला राज्यसत्ताको दुरुपयोग गरेको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै इजरायली जनताहरु सडकमा उत्रिएका हुन् ।

देशमा कोभिड विरुद्धको लकडाउनका बावजुद सय भन्दा धेरै स्थानमा शनिबार ठूला प्रदर्शन भएका थिए । प्रदर्शनकारीले जेरुसेलमस्थित नेतान्याहुको कार्यालय अगाडि पनि ठूलो प्रदर्शन गरे ।

स्थानीय मिडियाका अनुसार राजधानीको भव्य प्रदर्शनस्थल तेल अभिभमा पनि हजारौँ प्रदर्शनकारी थिए । प्रदर्शनकारीले देशको राष्ट्रिय झण्डा साथै विभिन्न रंगका सांकेतिक प्लेकार्ड सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

‘बिबी’ उपनामबाट चिनिने प्रधानमन्त्री नेतान्याहुलाई सम्बोधन गर्दै केही प्लेकार्डमा लेखिएको थियो, ‘बिबी, तिमी मेरो भविष्य ध्वस्त पार्दैछौ, जाऊ ।’ इजरायलमा यसअघि पनि बारम्बार प्रदर्शन हुने गरेको थियो । यही वर्षको सुरुदेखि नै पटक पटक उनीविरुद्ध आन्दोलन भएका थिए । नेतान्याहुले भने प्रदर्शनलाई ‘अराजक समूह’ भन्दै दबाउने प्रयास गरिरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.