‘दासी’ बने थिरज

‘दासी’ बने थिरज

काठमाडौं : गायक थिरज राईले ‘दासी बनेर जिउने’बोल गजलको भिडियो सार्वजनिक गरेका छन्। टीएनएसपीएम मिडियाले शनिबार साँझ युट्युबमार्फत उक्त भिडियो सार्वजनिक गरेको हो। 

निर्देशक गोविन्द राईले जोन पुलामी मगर र उर्मिला गुरुङको जोडीलाई भिडियोमा रोमान्स गराएका छन्। यसमा सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको छ। गायक राईले प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नको गीत रहेको जानकारी दिए। 

यो गजल आफ्नो उनको तेस्रो गीति एल्बम ‘निमन्त्रणा’मा समेटिएको थियो। उक्त एल्बम केही वर्षअघि नै बजारमा आए पनि यसको भिडियो बल्ल ल्याउन सकेको उनले सुनाए। ‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, उनले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ। दर्शक-श्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ।’ 

उनले हालै ‘उदासी’ बोल गीतको भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा पनि जोनलगायत कलाकारको अभिनय थियो। निर्देशक राईले स्रष्टाहरूको ट्यालेन्टलाई सही तरिकाले मूल्यांकन गरिदिन दर्शक-श्रोतासमक्ष आग्रह गरे। यो भिडियोको पोस्ट प्रोडक्सनको काम रेन्बो रेज मिडियाले गरेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.