डाक्टर्स अन कलमा अब निजी डाक्टरको सुविधा
काठमाडौं : कोरोना महामारीको बेला डाक्टर्स अन कलले अब निजी डाक्टरको सुविधा सहित सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ । स्वास्थ्य क्षेत्रमा विगत साढे दुई वर्षदेखि सेवा दिदैं आइरहेको यो संस्था तीन जना डाक्टरहरुको समुहले स्थापना गरेको हो । एउटा अनुभवी टिमद्वारा घरमा दिनसक्ने स्वास्थ्य सेवा सेवाग्राहीहरूको घर तथा अफिसमा गएर दिनु नै संस्थाको मूल उद्देश्य हो ।
डाक्टर्स अन कल (डक) नेपालमा (होम हेल्थ केयर) गृह स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी स्थानमा रहेका स्वास्थ्य संस्थाहरु मध्येको एक हो जुन स्वास्थ्य क्षेत्रमा अनुभवी तथा दक्ष चिकित्सक, डाक्टर, फिजियो थेरापिस्ट, डाइटिशियन र नर्सहरुका साथ सुविधाजनक र गुणस्तरिय सेवा प्रदान गर्ने उदेश्यले पूर्ण रुपमा नयाँ अवधारणाका साथ सुरु गरिएको संस्था हो ।
प्रतिक्रिया दिनुहोस !