हज तीर्थयात्रामा जाने चिनियाँ मुस्लिमहरुलाई कडा नियम

हज तीर्थयात्रामा जाने चिनियाँ मुस्लिमहरुलाई कडा नियम

बेइजिङ : चीनले वार्षिक रुपमा साउदी अरेबियामा हजयात्राका लागि जाने चिनियाँ मुस्लिम तीर्थयात्रीहरुका लागि नयाँ नियम घोषणा गरेको छ ।

चिनियाँ सरकारले उनीहरुलाई देशको इस्लामिक संघ मार्फत मात्रै तीर्थयात्रामा जान आदेश दिएको छ । साथै चिनियाँ मुस्लिमहरुलाई यस नियमको विरोध नगर्न पनि चीन सरकारले आदेश दिएको छ ।

चीनमा उघुर तुक्र्स र हुइ गरी जम्मा २ करोड मुस्लिम जनसंख्या छ । जसमध्ये उघुर पूर्वी तुर्केस्तानबा आएका हुन् भने हुइ मुस्लिम चीनकै आदिवासी समुदाय हो । यस वर्ष ११ हजार ५ सय मुस्लिम साउदी अरेबियामा हुने हज पर्वका लागि जाने अपेक्षा गरिएको छ । जब कि, २०१६ मा १४ हजार ५ सय तीर्थयात्री साउदी गएका थिए भने गत वर्ष १२ हजार ८ सय मात्रै हज तीर्थयात्रामा गएका थिए ।

हजयात्रीका लागि जारी गरिएका नियम २४ बुँदामा उल्लेख छन् । जसमध्ये एक चाहिँ चिनियाँ मुस्लिम तीर्थयात्रीलाई हज गर्न साउदी पठाउनका लागि चाइनिज इस्लामिक एसोशिएसन मात्रै चिनियाँ आधिकारिक संस्था भएको बताइएको छ ।

यसवाहेक अन्य कुनै पनि व्यक्ति वा संस्थाले यस तीर्थयात्राको व्यवस्थापन वा आयोजना गर्न नसक्ने नियम जारी गरिएको छ । चीनको सिङजियाङ प्रान्त १ करोड भन्दा धेरै उघुर मुस्लिम बसोबास गर्ने स्थान हो ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.