सीमामा लुकिछिपी आउजाउले झनै जोखिम

सीमामा लुकिछिपी आउजाउले झनै जोखिम

जनकपुरधाम/ सिरहा : चाडपर्व नजिकिएसँगै कोही भारतबाट घर फर्किंदैछन् त कोही किनमेल गर्न भारत आउजाउ गर्न थालेका छन्। यस्तोमा मुख्य नाका उनीहरूको रोजाइमा पर्दैन। लुकिछिपी आउजाउ गर्छन्। खुला सीमाका कारण आवतजावत रोकिएको छैन। 

कोरोना महामारीका बेला पनि सतर्कता नअपनाई आवतजावत गरिरहेको सीमावर्ती गाउँका स्थानीय सुनाउँछन्। प्रहरीले जति निगरानी बढाए पनि वैकल्पिक बाटो अपनाएर आउजाउ चलिरहेको सिरहा नगरपालिका माडरका नरेश बरबरिया सुनाउँछन्। सिरहाको मुख्य नाका हो, माडर। यस नाकाबाट भित्रिनेलाई नेपाली सेनाको कन्ट्रोलमा रहेको होल्डिङ सेन्टरमा राखी सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको सशस्त्र प्रहरी सिरहाका सूचना अधिकारी विनोद थापाले बताए। 

व्यापारीले पनि लुकिछिपी सामान वारिपारि गर्ने गरेको सुकचैनाका दीपेन्द्र यादवले सुनाए। सांस्कृतिक सम्बन्धले पनि आउजाउ नरोकिएको उनले बताए। धनुषा–महोत्तरी मात्र होइन, भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएका प्रदेश २ का अधिकांश जिल्लामा भारतबाट नेपाल र नेपालबाट भारत जानेको संख्या बढ्दो छ। दैनिक हजारौंको संख्यामा आवतजावत हुने गरेको पाइन्छ। 

नेपाल र भारतका अधिकारीबीचको छलफलपछि अत्यावश्यक अवस्थामा जाँचबिना सीमामा ओहोर–दोहोर गर्न रोक लगाइने सहमति भए पनि जेकजाँचको कुनै व्यवस्था हुन नसकेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए। 

संक्रमितको संख्या ह्वातै बढ्नुमा सीमामा व्यापक ओहोर दोहार, भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेलचेक्य्राइँ कारक रहेको जनस्वास्थ्यका वरिष्ठ प्रशासक विजय झाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.