कोरोनाले अर्घाखाँचीमा ७९ वर्षीया महिलाको मृत्यु
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ वांगला निवासी एक वृद्ध महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। सन्धिखर्क ४ वांगलाको भण्डारी पोखरा निवासी ७९ वर्षीया महिलालाई श्वास प्रस्वासमा समस्या आएपछि सोमबार बिहान उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएको थियो।
उनको उपचारकै क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु भएको स्थानीय रामजी भट्टराईले जानकारी दिए।
उपचारको सिलसिलामा गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा बसोबास गर्ने उनको परिवार दशैं मनाउन भन्दै दुई हप्ता अघि घर आएको स्थानीयले बताए।