एकै जनामा दुईपटक देखिन थाल्यो कोरोना संक्रमण, विज्ञ भन्छन् 'चिन्ताजनक'

एकै जनामा दुईपटक देखिन थाल्यो कोरोना संक्रमण, विज्ञ भन्छन् 'चिन्ताजनक'

वासिङटन : अमेरिकामा एक व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिएको छ । दोस्रो पटकको संक्रमण चिकित्सकहरुका अनुसार धेरै डरलाग्दो छ ।

२५ वर्षीय एक पुरुषमा अचानक यसरी संक्रमण दोहोरिएको बताइएको छ  । बीबीसीमा प्रकाशित समाचार अनुसार ती व्यक्तिको दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।

सामान्यत: कोरोनाभाइरस सङ्क्रमण नदोहोरिने विश्वास गरिन्छ। तर केही अनुसन्धानले के देखाउँछन् भने अति थोरै बिरामीमा संक्रमण दोहोरिन पनि सक्छ । बीबीसीका अनुसार अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकमा हालै संक्रमण दोहोरिएपछि ती व्यक्तिमा पुरानो संक्रमण लुकेर पछि देखिएको नभएर दुबै पटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

उनीबाट सङ्कलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखिएको बताइएको छ । वैज्ञानिकहरुले पहिले संक्रमण भएको मान्छेलाई फेरि हुनसक्ने सम्भावित संक्रमणबाट जोगाउन सक्ने सम्भावना नहुने बताएका छन् ।

एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्ने सुझाव विज्ञहरुले दिने गरेको बीबीसले जनाएको छ । यस्तै कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिन थालेपछि वैज्ञानिकहरुले यसलाई चिन्ताजनक भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.