भारतका ‘टीआरपी चोर च्यानल’लाई पार्लेजी बिस्कुटले विज्ञापन नदिने

भारतका ‘टीआरपी चोर च्यानल’लाई पार्लेजी बिस्कुटले विज्ञापन नदिने

नयाँदिल्ली : भारतीय प्रसिद्ध बिस्कुट कम्पनी ‘पार्ले–जी’ले विषाक्त र उत्तेजक सामग्री प्रशारण गर्ने भारतीय न्युज च्यानललाई विज्ञापन नदिने घोषणा गरेको छ ।

हालै टीआरपी चोरीको धन्दा बाहिर आएपछि पार्ले कम्पनीले यस्तो निर्णय गरेको हो । मुम्बइ प्रहरीले गत साता मात्रै रिपब्लिक टिभी लगायत केही टिभी च्यानलले यस्तो धन्धा गरेको भन्दै अनुसन्धान सुरु गरेको छ ।

पार्ले कम्पनीका वरिष्ठ अधिकारी कृष्णराओ बुद्धले कम्पनीले अब विषक्त र उत्तेजित सामग्री प्रशारण गर्ने मिडियालाई विज्ञापन नदिने बताएका हुन् । साथै टीआरपी चोरीको आरोप लागेका च्यानललाई पनि उक्त कम्पनीले विज्ञापन नदिने जनाएको हो ।

बुद्धका अनुसार उनको कम्पनीले अन्य विज्ञापनदाताहरुसँग पनि यसबारे छलफल गरेको थियो । रिपब्लिक टिभी लगायत केही टिभी च्यानलले केही घरभित्र आफ्ना च्यानल रातभर खोलेर राखिदिने गरेको र त्यसवापत पैसा दिने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीले भने यस्तो धन्धा चलाउने गरेको एजेन्सीका मानिसलाई पक्राउ गरिसकेको छ । तर रिपब्लिक लगायत टिभी च्यानलले भने मुम्बइ प्रहरीमाथि आरोप लगाएको छ । टिभी न्युज च्यानलविरुद्ध पार्ले कम्पनीले चालेको यो पहिलो कदम भने हैन । केही दिनअघि मात्रै उद्योगी राजिव बजाजले पनि तनि वटा न्युज च्यानललाई कालो सूचीमा राखेका थिए ।

बजाजको त्यस्तो निर्णयपछि पार्लेको घोषणा आएको हो । पार्लेको उक्त घोषणापछि ट्वीटरमा ‘ह्यासट्याग पार्लेजी’ सुरु गरिएको छ । धेरैले उक्त कम्पनीको घोषणालाई ‘सामाजिक उत्तरदायित्व’ वहन गरेको भन्दै प्रशंसा गरेका छन् । बलिउड अभिनेत्री स्वरा भास्कर लगायत कलाकारले पनि पार्लेजीको घोषणाको प्रशंसा गर्न थालेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.