कश्मीरी नेत्री मेहबुबालाई एक वर्ष लामो हिरासतपछि मध्यरातमा रिहा गरियो

कश्मीरी नेत्री मेहबुबालाई एक वर्ष लामो हिरासतपछि मध्यरातमा रिहा गरियो

नयाँदिल्ली : जम्मु–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिपल्स डेमोक्रेसी पार्टी (पीडीपी)की अध्यक्ष मेहबुबा मुफ्ती हिरासतबाट रिहा भएकी छन् ।

जम्मु–कश्मीर सरकारले अन्ततः मंगलबार राति उनलाई एक वर्ष भन्दा लामो हिरासतबाट रिहा गरेको हो । मेहबुबा रातको पौने १० बजे रिहा भएको स्थानीय मिडियाले जनाएका छन् । जम्मु–कश्मीर सरकारका आधिकारिक प्रवक्ता रोहित कन्सलले केही अघि ट्वीट गर्दै मेहबुबालाई रिहा हुँदै गरेको जानकारी दिएका थिए ।

भारतको केन्द्र सरकारले गत वर्ष अगस्ट ५ मा संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरको स्वायत्तता खोसेपछि नै मेहबुबा सहित अन्य थुप्रै नेताहरुलाई पक्राउ गरिएको थियो । ओमर अब्दुल्लाह, फारुक अब्दुल्लाह र अन्य केही नेताहरु भने २०२० को सुरुतिरै रिहा भएका थिए । मेहबुबालाई भने बारम्बार म्याद थप्दै हिरासतमा राखिएको थियो ।

पछिल्लो पटक जुलाइमा उनको हिरासत अवधि थप तीन महिनाका लागि लम्ब्याइएको थियो । २०१८ जुनसम्म मेहबुबा मुफ्तीको पार्टी पीडीपी भाजपासँग गठबन्धन सहित जम्मु–कश्मीरमा शक्तिमा थियो । मेहबुबा रिहा भएपछि अब शुक्रबार कार्यकर्ताहरुलाई सम्बोधन गर्ने बताइएको छ । गत वर्षको अगस्ट ५ देखि नै जम्मु–कश्मीरमा स्थिरता र शान्तिपूर्ण राजनीतिक अवस्था देखिएको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.