कलाकर्मी र संगीतकर्मीलाई सम्मान
काठमाडौं : कोरोना कहरका कारण लामो समयदेखि कला र संगीतका कार्यक्रम हुन नसकिरहेको अवस्थालाई चिर्दै राजधानीमा झन्डै पाँच दर्जन कलापारखीलाई विभिन्न पुरस्कार र सम्मानबाट विभूषित गरिएको छ। नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड–२०७७ अन्तर्गत कला, संगीत तथा यससँग साइनो गाँसिएका विभिन्न विधामा विशेष योगदान पुर्याउनेलाई सम्मान गरिएको हो।
अवार्डमा आधुनिक गीततर्फ ‘सल्लाघारीमा’ बोलको गीतबाट आभास श्रेष्ठ सर्वोत्कृष्ट गायक, ‘डाली चरी भुइँमा खस्यो’बाट सोना अमात्य गायिका (आधुनिक), ‘बाँच्न जति गाह्रो’बाट विकास चौधरी संगीतकार, ‘शंकाले लंका’बाट हरि उप्रेती पुरुष गीतकार, ‘फुलेको केश’बाट तारा अधिकारी महिला गीतकार, ‘पिरतीमा’बाट शिखर सन्तोष र सुष्मा पूर्णिमा अर्याललाई युगल गायनको अवार्ड प्रदान गरियो।
क्रिएटिभ इन्साइड मिडियाको आयोजनामा भएको कार्यक्रममा वर्षकै उत्कृष्ट लोकदोहोरी मोडल पब्लिक च्वाइस अवार्ड सुरेन्द्रकुमार दाहालले प्राप्त गरे। त्यसैगरी ‘बाजा बजाउँदै’बाट सुजाता केसी लोकप्रिय गायिका अफ द इयर, ‘विस्तारै विस्तारै’बाट प्रतिमा गुरुङ लोकप्रिय गायक, ‘कोरेको छु तिम्रो तस्बिर’बाट गौतम खाती म्युजिक भिडियो पुरुष मोडल, ‘भूल’बाट सरिता श्रेष्ठ ‘सारा’ महिला मोडल, ‘फूलको कुरा’बाट जसबहादुर याख्खा ‘जसु’ म्युजिक भिडियो निर्देशक, लोकप्रिय म्युजिक भिडियो निर्देशक, ‘भोगाइ जीवनबाट’ विद्या तिवारी र ‘मुटुमा चोट’बाट मञ्जु उपासना जुरी अवार्ड, ‘हाँस्न मन’बाट प्रतीक्षा खड्कालाई लोकिप्रय म्युजिक भिडियो मोडलको अवार्ड प्रदान गरिएको थियो।
यस्तै समीर खान र सुजना बर्देवा म्युजिक भिडियो नवमोडल (आधुनिक), सराज कोइराला जुरी अवार्ड, सुरज पौडेल लोकप्रिय गायक भएका छन् भने पपतर्पm मानसजार, लक्ष्मी पुरी प्रधान गायकगायिका, राजकुमार देवकोटा नवगायक, राजु ग्याबक पुरुष मोडल, चिरञ्जीवी भण्डारी र नम्रता तामाङ जुरी अवार्डको विजेता भएका छन्। रुद्रसेन विश्वकर्मा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, कोसिस क्षेत्रीलाई क्रिटिक्स अवार्ड र निशुकान्त झालाई सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टरको अवार्ड दिइएको छ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्य तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकार भीष्मराज फुलारा, गीतकार इभेन्ट म्यानेजमेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष लवबहादुर कार्की, फिल्म निर्देशक समुद्र भट्ट, कलाकार दीपक डोटेल, गायिका सरिता भारतीलगायतलाई सम्मान गरिएको थियो।